३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गौरीगञ्जका महिलाहरु गाैरीगंज स्वास्थ्य केन्द्रबाट प्रसुती सेवा लिनेको संख्या अत्यन्तै कम


१२ कार्तिक २०७५, सोमबार  

0
Shares

FB_IMG_1540746123307

गाैरीगंज १२ , कार्तिक / झापाको गौरिगन्जमा रहेको स्वास्थ्य केन्द्रमा पनि प्रसुती सेवा उपलब्ध छ । तर यो कुरा गौरिगन्जबासी अधिकाशंंलाई थाह छैन । वा कम बिस्वास भएका कारण स्वास्थ्य केन्द्रबाट प्रसुती सेवा लिनेको संख्या अत्यन्तै कम छ ।

गौरिगञ्ज ६ स्थित खजुरगाछिमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र जहाँ एमबिबिएस डांक्टर देखी एच ए सम्म कर्मचारी छन् । स्वास्थ्य केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने सबै तहका प्राबिधिक तथा चिकित्सकहरु छन् । ८ जनाको सरकारी दरबन्दी रहेको भए पनि बाँकी करार तथा स्थानीय सरकार मार्फत न्यूक्ती भएका कर्मचारी गरि अहिले १३ जना कर्मचारी कार्यरत छन् । ३३ हजार ३८ जनसंख्या रहेको गौरिगञ्जको क्षेत्रफल १०१.३५ वर्ग कि मि रहेको छ ।

यहि क्षेत्रलाई मद्यनजर गर्दै यो स्वास्थ्य केन्द्रले बाट प्रसुती सेवा सुरु गरेको हो । तर यहाँ प्रसुती सेवा सुरु भएको वर्ष भएपनि सेवा लिन आउने तथा यहि स्वास्थ्य केन्द्रमा प्रसुती गराउनेको संख्या भने न्यून अत्यन्तै न्यून रहेको छ । आर्थीक वर्ष २०७२÷७३ मा यस स्वास्य केन्द्रमा ४०७ जना प्रसुतीका बिरामी चेकजाँजका लागि आएकोमा प्रोटोकल चेकजाँजका लागि ३० जना मात्र आएको र स्वास्थ केन्द्रमानै ४ जनाले मात्र प्रसुती गराएको तथ्याकं छ ।

त्यसै गरि आर्थीक वर्ष २०७३÷७४ मा नियमीत गर्ववती परिक्षण गराउन आउने २ सय २८ जना रहेको मद्ये प्रोटोकल चेकजाँजका लागी २६ जना आएको र प्रसुती सेवा भने ९ जनाले मात्र लिएका छन् । आर्थीक वर्ष २०७४÷७५ मा भने यो संख्या केहि मात्राले बृद्धि भएको तथ्याकं छ । उक्त आर्थीक वर्षमा नियमीत गर्ववती परिक्षण गराउन आउनेको संख्या ३ सय ७७ रहेको र प्राटोकल चेकजाँजका लागि ९४ जना आएको साथै स्वास्थ्य केन्द्रमै १३ जनाले प्रसुती सेवा लिएको तथ्याकं केन्द्रले दिएको छ ।

चालु आर्थीक वर्षको तिन महिनाको ताथ्याकंमा १३ जनाले प्रसुती सेवा लिएका छन् । जुन अनुपातमा यहाँबाट प्रसुतीको सेवा प्रवाह हुनु पर्ने हो त्यो अनुपातमा नभएको स्वास्थ्य केन्द्रले स्विकार गरेको छ । स्वास्थ्य केन्द्रकी चिकित्सक डां बिद्या पोखरेलले यहाँबाट पनि प्रसुती सेवा उपलब्ध छ भन्ने कुराका थाह नपाएर प्रसुती सेवाका लागि गौरिगन्ज बाहिर जाने गरेको बताइन ।

अहिले गाँउगाउँमा जाने स्वास्स्थ स्वेमसेवीकाहरुले स्वास्थ्य केन्द्रमै प्रसुती सेवा सुरु भएकोबारेमा जानकारी गराँन थालेपछि भने प्रसुती सेवा लिन आउनेको अनुपात बढद्ै गईरहेको डां पोखरेलको भनाई छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार  १ : ५९ बजे