विराटनगर ७, कात्तिक /
श्रीलंकाले आयोजना नगर्ने भएपछि दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता ‘साफ महिला च्याम्पियनसिप’ को पाँचौं संस्करण नेपालमा हुने लगभग पक्का भएको छ । यससंगै नेपालको कुनठाउमा ‘साफ महिला च्याम्पियनसिप’गर्ने भन्ने विषयमा बहस शुरु भएकाे छ ।
आउदो डिसेम्बर १७–२६ अर्थात पुष २ गते देखि ११ गते सम्म हुने साफ च्याम्पियनसिप गर्न विराटनगर पनि तयार रहेको छ । साफले सहमति दिएमा प्रतियोगिता सन्चालनका लागि विराटनगर तयार रहेको अखिल नेपाल फुटबल संघ एन्फाका सह महासचिव बसन्त अर्यालले जानकारी दिए । यसका लागि विराटनगर महानगरले विशेष सहयोग गर्ने घोषणा समेत गरेको छ ।
विराटनगर सहिद रंगशालाको खेलमैदानको अबस्था अनुगमन गर्दे विराटनगर महानगरका मेयर भीम पराजुलीले साफ महिला च्याम्पियनसिप प्रतियोगिता विराटनगरमा गराउन पहल गरेका छन् । खेलकुदका अगुवा तथा विज्ञहरुको टोलीसंग कुराकानी गर्दे मेयर पराजुलीले महानगर सवैखाले सहयोग गर्न तयार रहेको बताए । मेयर पराजुलीले खेलकुदको विकासमा महानगरले लगानी गरिरहेको बताउदै यसमा सवैको सहयोग आबश्यक रहने बताए ।सवैखाले तारतम्य मिलेमा साफ महिला च्याम्पियनसिप प्रतियोगिता विराटनगरमै हुने खेलकुदकर्मीहरुको भनाई छ ।
७ कार्तिक २०७५, बुधबार
0
Shares