१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कुकुरकाे टाेकाईबाट मेचीनगरमा पाँच घाईते


५ कार्तिक २०७५, सोमबार  

0
Shares

20181022_065003
गाैरीगंज ५,कार्तिक / छाडा कुकुरकाे टाेकाईबाट झापा मेचीनगरका पाँच जना घाइते भएका छन् ।
घाइतेहरूमा सिम्रन तामाङ, टेकबहादुर बाेहाेरा, खड्क प्रसाद सापकाेटा,भूमिका प्रधान, बिनिता राई रहेका छन् ।
दशैंकाे टीका लगाउन हिड्दै गरेकाे अबस्थामा विगत तीनदिनयता अलगअलग ठाउँमा कुकुरले टाेकेकाे हाे ।
घाईतेहरू मध्ये अाठ बर्षिया सिम्रन तामाङकाे अवस्था गम्भीर अवाााामा छ । सिम्रन तामाङकाे गालामा कुकुरले टाेकेकाे पशु प्राविधिक दिपक बरालले जानकारी दिए । उनलाई उपचारका लागि धरानस्थित वीपि काेईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार नहुनसकेपछि काठमाडौं लगिएकाे बरालले बताए । स्थानियबासी टेकबहादुर देवानका अनुसार रेविज लागेकाे अाशङ्खा गरिएका दुई छाडा कुकुर मेचीनगर १ बाहुनडागीमा मानिस र पशुलाई टाेक्दै अाएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७५, सोमबार  १ : ०७ बजे