१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आज दशैँको टिकाको दोस्रो दिन पनि टिका लगाउने क्रम जारी


३ कार्तिक २०७५, शनिबार  

0
Shares

20181020_072426
गाैरीगंज ३,कार्तिक / आज दशैँको टिकाको दोस्रो दिन पनि टिका लगाउने क्रम जारी छ । टाढा टाढा भएका आफन्तको घर घरमा जाने र मान्यजनबाट टिका, जमरा तथा आशीर्वाद थाप्ने क्रम आज पनि जारी रहेको छ ।

दशैँको टिकालाई विजया दशमीको दिनदेखि लगातार पूर्णिमाको दिनसम्म लगाउने प्रचलन अनुसार आज दाेस्राे दिन पनि आफन्तकोमा घुमिघुमि टिका लगाउने गरिन्छ ।

देवी दुर्गा भवानीको प्रसादको रुपमा लिइने टिका तथा जमरा सहित आशीर्वाद लिएर, दिएर तथा एक आपसमा शुभकामना आदान प्रदान गरेर आज पनि हर्षोल्लासपूर्वक दशैँ मनाइदै छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७५, शनिबार  १ : ३९ बजे