५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

लोक सेवा सदन गाैरीगंजको तेस्रो साधारण सभा सम्पन्न


२७ आश्विन २०७५, शनिबार  

0
Shares

20181013_152321
गौरीगञ्ज २७, असाेज / लोक सेवा सदनले शनिबार तेस्रो साधारण सभा सम्पन्न गरेको छ । सँस्थाका सँस्थापक अध्यक्ष श्याम कृष्ण चौधरीको सभापतित्वमा सम्पन्न साधारण सभाको खुल्ला सत्रमा अध्यक्ष चौधरीले सँस्थाको तर्फबाट तयार पारिएको तिन पेज लामो प्रतिबेदन प्रस्तुत गरेका थिए ।

२०२१ सालको नापी पछी स्थानीय समाजसेवी भिमप्रसाद चौधरीले यस ठाउको सामाजिक सुव्यवस्था गर्ने उद्देश्यले लोक सेवा सदनको भवन निर्माण गर्न लोक सेवा सदनका नाममा गौरीगञ्जका बिभिन्न वडामा रहेको करिव १३ बिघा जग्गा दान दिएको कुरा प्रस्तुत गरिएको प्रतिबेदनमा उल्लेख छ । लोक सेवा अतिथी सदनको भवन निर्माणका लागि हाल गौरीगञ्ज वडा नँ ३ मा रहेको कित्ता नँ १२६ को जग्गा लामो समय सम्म प्रयोग बिहिन रहेकोमा २०५९ सालमा सँस्थाको सँरक्षकको तर्फ बाट स्व भिम प्रसाद चौधरीका छोरा श्यामकृष्ण चौधरीका तर्फ बाट सँस्था दर्ता गराएको तर मुलुमको अस्थिर राजनितीक अबस्थाका कारण सो जग्गामा भवन बनाउन नसकेको कुरा प्रतिबेदनमा उल्लेख छ ।

प्रतिवेदनकाे दोश्रो पेजको दोश्रो अनुच्छेदमा भनिएको छ — “हाम्रो छोरा सँस्थाका सदस्य मोहित नारायण चौधरी र पारिबारीक अन्य सदस्यहरुको सल्लाह अनुसार हामीले दिएको गौरीगञ्ज ३ मा पर्ने कि नँ १२६ को जग्गा हुलाकी मुलबाटोले ३१ मिटर काट्ने र पश्चिम तर्फको बाटोले ४० फिट काट्दा अन्दाजी ९ — १० कट्ठा मात्र बाकी रहने भएकोले उद्देश्य अनुरुप कार्यक्रम गर्न अपुग हुने देखिएकोले उक्त जग्गाको सट्टा साबिक खजुरगाछी वडा नँ ६ मा पर्ने हाम्रै जग्गाबाट कम्तिमा १ बिघा जग्गामा बाल उद्यान १ लक्ष्मीनारायण मन्दिर १ र सेवा सदनको भवन १ निर्माण गर्न र उक्त भवनका लागि चाहिने खर्च रकम समेत हामीहरुले नै लगानी गरि काम सम्पन्न गर्ने सोच भएकोले यस कार्यका लागि तपाइ सभासदहरु समक्ष आवश्यक सल्लाह सुझाव र सहयोगका लागि हार्दिक अनुरोध गर्दछु ।”

सँस्थाले केहि दिन अघि एक बिज्ञप्ती जारी गरि लोक सेवा सदन एक पारिवारीक ट्रष्ट भएको ले सो सँस्थाको जग्गा गौरीगञ्ज गाउँपालिकाले अनधिकृत रुपमा रोक्का गरेका मा सँस्थाको आपत्ती रहेको कुरा उल्लेख गरेको थियो ।

आज प्रस्तुत प्रतिबेदनमा समेत गाउपालिकाले सँस्थाको जग्गा रोक्का गरेकोमा आपत्ती जनाइएको छ ।
साधारण सभामा उपस्थीत वडा नँ ६ का वडाध्यक्ष बद्रीनारायण यादव वडा नँ ५ का वडाध्यक्ष बिजय सिँह गन्गाइ र नेपाली काँग्रेस महासमिती सदस्य फुलबती राजवँशीले मन्तब्य राख्दै पारिबारीक स्वामित्वको सँस्थाको जग्गामा गाएँपालिकाले अनधिकृत रुपमा हस्तक्षेप गरेको कुरा बताएका छन् ।

केहि दिन अघि गौरीगञ्ज गाउपालिकाले लोक सेवा सदनको जग्गाको बारेमा एक छलफल चलाउदै लोक सेवा सदन लामो समयदेखि निष्कृय रहेकाले सो जग्गाको सँरक्षणका लागि गाउपालिकाले सो जग्गा रोक्का गरेको कुरा बताएका थिए ।

आज बसेको सँस्थाको साधारण सभाले श्याम कृष्ण चौधरीको अध्यक्षतामा ९ सदस्यीय नया समिती समेत गठन गरेको छ । जसको उपाध्यक्षमा डोमन प्रसाद राजवँशी सचिबमा देवी प्रसाद राजवँशी सह सचिबमा नन्दराज थापा कोषाध्यक्षमा कमल प्रसाद राजवँशो सदस्यहरुमा घनश्याम रिजाल, नौताली राजवँशी बद्रीनारायण राजवँशी र सँझना लोहनी राजवँशी रहेका छन् । त्यसै गरि सल्लाहकारमा बिश्वराज रिजाल रामनारायण दास र टँक बहादुर कार्कीलाइ चयन गरिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७५, शनिबार  १ : १८ बजे