४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बिपन्न परिवारका जेष्ठ नागरिक तथा बालबालिकालाई न्यानो लुगा बितरण


२३ आश्विन २०७५, मंगलबार  

0
Shares

1b505d5e4d8c1ce2112b865c06bf260e.0
युबराज रेग्मी गौरादह २३ , असोज / गौरादह नगरपालिका वडा न ७ दुधाली बजारमा एक कार्यक्रमकाेे अायाेजना गरी हिजाे
त्यस स्थानमा बसोबास गर्ने बिपन्न परिवारका जेष्ठ नागरिक र बालबालिकाहरुलाइ न्यानो लुगा बितरण गरिएको छ । दुधाली टोल बिकास समितीको आयोजना तथा सनराइज चिल्ड्रेन एसोसिएसन अस्ट्रेलियाको मुख्य प्रायोजनमा ५जना जेष्ठ नागरिक र ७ बर्ष मुनि ७० जना बिपन्न बर्गका बालबालिकाहरुलाई दसैको पुर्ब सन्ध्यामा लुगा तथा खाजा बितरण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौरादह नगरपालिका वडा न ७ का वडा अध्यक्ष बलराम खरेलले उक्त क्षेत्र साबिक जुरोपानी गाबिस भरिकै अतिनै गरिब र बिपन्न बर्गका नागरिकहरु बसोबास गर्ने स्थान रहेकोले त्यहाका जनताहरु सैक्षिक आर्थिक र राजनितिक हरेक दृस्टिकाेण पछिपरेको क्षेेत्र भएकोले त्यहा बसोबास गर्ने बिपन्न नागरिक हरुलाइ यस्ता किसिमका सहयोग जुटाउने आयोजक तथा प्रायोजक लाई धन्यबाद दिदै आगामी दिनहरुमा पनि यस्ता किसिमका कार्यक्रम गर्न हौसला प्रदान गर्नुभयो । कार्यक्रममा बोल्दै कार्यक्रम सम्योजक गौरादह उध्योग बाणिज्य संघ अध्यक्ष , प्रजिना क्रन्स्ट्रक्सन कम्पनी तथा टि भि एस सो रुम गौरादहका प्रोप्राइटर जीवन राइले आगामी दिनहरुमा पनि यस्ता सहयोगका कार्यक्रमलाइ निरन्तरता दिने थुप्रै योजनाहरु रहेको र आज यहाका बिपन्न बालबालिका तथा जेष्ठ नागरिक हरुलाइ लुगा बितरण गर्न पाउँदा आफुलाइ हृदय देखीनै धेरै खुसी महसुस भएको जानकारी गराउनुभयो । कार्यक्रम आयोजक तथा दुधाली टोल बिकास समितीका अध्यक्ष तथा कार्यक्रम सभापती राजेस राइले कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथी टोलबासि तथा कार्यक्रम प्रायोजकलाई विशेष धन्यबाद दिएका थिए । कार्यक्रममा ने. का. क्षेत्रिय सचिब सुर्य भक्त सिटौला , श्री हरि ईन्टरप्राइजेज गौरादहका प्रोप्राइटर मन्तोस बिमली , यामाहा सोरुम गौरादहका प्रोप्राइटर बिटु तामाङ लगायतले कार्यक्रमको सहजिकरण गरेका थिए । कार्यक्रममा अस्थाइ प्रहरी पोस्ट ग्वाल्डुब्बा प्रमुख केसब प्रसाद कोइराला लगायत टोल बिकास समितीका सम्पुर्ण सदस्यहरु र बजारबासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलबार  १ : २६ बजे