१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चर्कियो प्रदेश सभा, नाम र राजधानी बाहेक सांसदले बोल्नै छाडे


२१ आश्विन २०७५, आइतबार  

0
Shares

samsad-bhawan
विराटनगर २१, असोज /
एक नम्बर प्रदेश सभाको ५० औ बैठकसम्म आईपुग्दा सांसदहरुले प्रदेशको स्थायी राजधानी र नामको बारेमा ब्यापक धारणा बाहिर आउन थालेका छन् । प्रदेश सभामा प्रबेश नै नगरेको बिषय एकाएक अघिल्लो प्रदेश सभाको बैठकमा आएपछि सबै शुन्य समयमा बोल्ने सांसदहरुले प्रदेशको स्थायी राजधानी, नाम सबै संरचना केन्द्रीकृत गरेर राजधानी बनाउने बिषयमा धारणा राख्ने गरेका हुन । आईतवार बसेको प्रदेश सभाको बैठकमा बोल्ने ३ जना प्रदेश सांसद सबैले स्थायी राजधानी र नामको बिषयसँगै एकै स्थानमा मन्त्रालय र संसद सभा राख्न सुझाव दिएका छन् । मुख्यमन्त्री शेरधन राईले मन्त्रालय बिराटनगर राख्ने र संसद सभा भवन बिराटनगर बाहिर लग्ने अभिब्यक्ति दिएपछि अधिकांश सांसदहरुले सबै प्रदेश संयन्त्र केन्द्रिकृत हुनुपर्ने बताएका हुन् ।
शुन्य समयमा बोल्दै मोहम्मद सुनसरीका सांसद तहिर मियाँले एक नम्बर प्रदेशको राजधानी र नाम तोक्ने बिषयले जनतालाइृ दुख दिन नहुने भन्दै एकै ठाउँमा राख्नु पर्ने धारणा राखे । उनले अहिलेको अबस्थामा प्रदेशको राजधानी एकातिर राखेर अर्कोतिर मन्त्रालय अनी अर्कोतिर संसद भवन राख्दा जनतालाई दुख हुने बताए । सांसद शान्ता पौडेलले राजधानीको बिषय फरक फरक स्थानमा राख्न नहुने तर्क राख्दै आम नागरिकको उपभोग्य अधिकारको बिषयमा पनि प्रदेश सरकारले चासो दिनु पर्ने बताईन् । उनले अहिलेको प्रदेश सरकारले खुलेयाम उपभोक्ता ठगिएको अबस्थामा प्रदेश सरकारको ध्यान जानु पर्ने बताईन । बजारमा कम तौल भएका ढक तराजु प्रयोग भईरहेको टुलुटुलु हेरेर बस्न नहुने उनको तर्क छ ।
सुरक्षाको माग
ताप्लेजुङका सांसद बलबहादुर साम्सोहाङले एक नम्बर प्रदेशको स्थायी राजधानी र नामको बिषयमा सदनमा प्रवेश नै नभएको अबस्थामा बजारमा कुरा चर्किएको बताए । यस बिषयमा सदनमा प्रदेशको नाम र राजधानीको बारेमा छलफल चली रहँदा कतिपय कुरा जनताको भावना र विचारका रुपमा आएकोले सम्मान गर्नु पर्ने जानकारी गराए । केन्द्र र नामको बिषयमा यो या त्यो भएन भने ज्यान खतरामा छ भनेर सदनमा कुरा उठेकोले यो गम्भीर बिषय भएको भन्दै प्रदेश सरकारको भ्यानाकर्षण गराएका थिए । ‘कसैले ओल्लो कसैले पल्लो गाउँ माग्न पाउँछ, उनले भने ‘तर यसै बिषयलाई लियर सांसदहरुलाई असुरक्षित गराईएको छ म सरकारको ध्यानाकर्षण गरउँछु ।’ अघिल्लो संसद बैठकमा संघिय लोकतान्त्रीक राष्ट्रिय मन्च की सांसद विष्णु तुम्बाहाम्फेले प्रदेशको नाम लिम्बुवान नभए जस्तोसुकै कदम चाल्न सक्ने भन्दै सदनमा धम्कीपुर्ण अभिब्यक्ति दिएकी थिईन् ।

प्रकाशित मिति : २१ आश्विन २०७५, आइतबार  १२ : ४७ बजे