१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अभियुक्त सदाम हुसेनकाे पोलिग्राफ परीक्षण पछि अायाे यस्ताे रिपोर्ट


१७ आश्विन २०७५, बुधबार  

0
Shares

20180924_112031

दमक १७, असाेज / झापा दमकका खेमराज पौड्यालको अपहरणपछि हत्याको बिषयमा थप अनुसन्धान गर्न तथा शंका निवारणका लागि प्रहरीले अभियुक्त सद्धाम हुसेनको पोलिग्राफ परीक्षण सम्पन्न गरेको छ । एकसाता अघि पोलिग्राफ परीक्षणका लागि उपकरण सहित यस सम्बन्धि बिज्ञ एक महिला प्रहरी गौरीगन्ज आएकी थिइन् ।
पोलिग्राफ रिर्पोटले समेत थप कुनै घटनाको रहस्य भने पत्ता लाग्न नसकेको बताइन्छ । प्रहरी श्रोतका अनुसार हुसेनले शुरुवातदेखि नै आफु एक्लैले पौड्यालको हत्या गरेको बताएका थिए । पोलिग्राफ परीक्षणको क्रममा पनि उनको बयान उस्तै आएको र खास थप केहि पत्ता नलागेको अनुसन्धानमा संलग्न प्रहरी श्रोतको भनाइ छ ।

पोलिग्राफ परीक्षणले अब हत्यरा हुसेनमात्र रहेको भन्ने देखाएको प्रहरीको भनाइ रहेको छ । इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरिक्षक टेकन्द्र पौड्यालले हुसेनले बयानमा ढाँटेको आँशकामा पोलिग्राफ परीक्षण भएको थियो । पोलिग्राफ परीक्षणबाट झुट बयान दिएको अवस्थामा पत्ता लगाउन सकिने जनाइन्छ ।
यो झुट मापन गर्ने परीक्षणको रुपमा अनुसन्धानमा प्रयाग हुने जनाईएको छ । सबै घटनाहरुमा नभएर कतिपय घटनाहरुमा पक्राउ परेका तथा शंकाश्पद अभिुक्तहरुको परीक्षणका लागि यो प्रयोग हुदै आएको छ । गौरीगन्जमा भने यो पहिलो पटक भएको प्रहरी निरिक्षक पौड्यालको भनाई रहेको छ ।

उनले अनुसन्धान समाप्त नभएको बताउदै अझै पनि अन्यको संलग्नता रहे नरहेको बिषयमा अनुसन्धान भने जारी रहेको छ । हुसेनले आफुले लागु औषध सेवन गरी हत्या गरेको बयान दिदै आएकाछन् । पैसा तिर्न भनेर उनले गौरीगन्ज बोलाएर नेपाल भारत सिमा नजिक एकान्तमा लगेर चक्कु प्रहार गरी बिभत्स हत्या गरेको जनाइदै आएको छ ।
दमक उद्योग बाणिज्य संघका पदाधिकारीहरुले अनुसन्धानमा कुनै कमी नगर्न र दोषीहरु उम्कन पाउने अवस्था सिर्जना नगर्नका लागि आग्रह गर्दै आएको छ । घटनापछि दमकमा शान्तिपुर्ण रुपमा र्याली समेत निकालेर हत्याको बिरोध गर्दै घटनाको सत्यतथ्य ल्याउनु पर्ने माग आफुहरुले गरेको दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले बताए ।
सवाल नेपालबाट

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार  १० : १२ बजे