५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गौरादह नगरपालिकाको सेवा आफ्नै भवनबाट सुरु


१४ आश्विन २०७५, आइतबार  

0
Shares

20180930_202931

गाैरादह १४, असोज /
झापाको गौरादह नगरपालिकाले आज देखी आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । यस अघि वडा नम्बर ३ मा रहेको भाडाको भवनमा रहेको नगरपालीकाको कार्यालयलाई वडानम्बर २ मा रहेको आफ्नै भवनमा सारेर सेवा दिन सुरु गरिएको गौरादह नगर प्रमुख रोहित कुमार शाहले जानकारी दिनुभयो ।
यस अघि गौरादह डिपुचौकमा भाडाको भवनमा नगरपालिकाको कार्यालय सञ्चालन हुँदै आएको थियो । त्यस ठाउँ देखि करिब २ किलोमिटर दक्षिण बाटो पुर्व पट्टि हाल आफ्नै भवन तत्काललाई काम गर्न सकिने अवस्थामा निर्माण भैसकेकोले आफ्नै भवनबाट काम सुरु गरिएको नगरपालिकाका प्रवक्त नगेन्द्र भण्डारीले जानकारी दिनुभयो । भाडाको घरमा बस्दा बर्सेनी लाखौं रुपैयाँ भाडा वापद खर्च हुने भएकोले आफ्नै भवनलाई मर्मत संभार गरि बस्न थालिएको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : १४ आश्विन २०७५, आइतबार  २ : ४५ बजे