४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मृर्गाैला पिडित बालिकालाई सहयोग रकम हस्तान्तरण


१४ आश्विन २०७५, आइतबार  

0
Shares

53a95bb22a2b231ed8ce15d689438720.0 युबराज रेग्मी
गौरादह १४, असोज / ग़ुल्मी जिल्ला मूसिक़ोट नगरपालिका वार्ड न ८ माँझखर्क , स्थायी बसोबास नवलपूर गैडाकोट ८ घर भइ हाल बैदेसिक रोजगारीका क्रममा बिगत ८ बर्स देखि जापानमा बस्नु हुने सामाजिक र परोपकारी मनका धनी ऋषिराम सापकोटाले झापा जिल्ला गौरादह नगरपालिका वडा न ४ बस्ने बर्ष ८ कि मृगौला पिडीत बालिका पोख्रेललाई अार्थिक सहयाेग प्रदान गरेका छन् ।
उनले उपचारका लागि सहयोग स्वरुप नगद रु १०१२२/- सहयाेग गरेका हुन् ।
सहयोग रकम आज पिडित बालिका लाई हस्तान्तरण गरिएको छ ।

बालिका पाेख्रेल मिर्गौला सम्बन्धि रोगले बिगत केही बर्ष देखि पिडित छिन । हाल उनी हजुरबुबा र हजुरआमाको संरक्षणमा छिन । जापानबाट सहयोगदाता ऋषिराम सापकाेटाले अार्थिक सहयाेगकाे साथै बालिकाको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको छ । यसैगरी झापा घर भई हाल साउदी अरब बस्ने रूद्र पाैडेलले मृगौला पिडित बालिका पाेेेख्रेललाई उपचार खर्चका लागि अार्थिक संकलन गर्न आफू पनि लागि परेको जनाएका छन ।
बालिकाको उपचारमा सहयोग रकम जुटाउन ‘बालिका पोख्रेल बचाउ अभियान’ का नाममा स्थानिय बिनिता सापकोटाको अध्यक्षतामा ७ सदस्यीय आर्थिक संकलन तथा सहयोग समिती समेत गठन गरि सकिएको छ । हालसम्म सम्बन्धित बालिकाको परिवारको कुनै सम्पर्क नम्बर र बैंक खाता समेत नहरेकोले सोही बिध्यालयका शिक्षक युबराज रेग्मी मार्फत उक्त रकम हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति : १४ आश्विन २०७५, आइतबार  १ : ४० बजे