२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

भोलिबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्‍ने


८ आश्विन २०७५, सोमबार  

0
Shares

dashain-advance-bus-ticketing-1-768x484
काठमाडौं ८, असाेज / नेपालीहरुको महान चाड विजया दशमीको लागि अग्रिम बसको टिकट बुकिङ भोलि (मंगलबार) देखि खुल्ला हुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले असोज ९ गते मंगलबारदेखि बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।

महासंघ यसअघि भदौ ३१ गतेको बैठकले सरकार र यातायात व्यवसायीका बीचमा ५ गते नै बुकिङ खोल्ने सहमति गरेको थियो । तर सरकारले पेट्रोलियम पदार्थमा शुल्‍क बढाएपछि महासंघले चार दिन ढिला गरी अग्रिम टिकट बुकिङ खोलेको महासंघका महासचिव सरोज सिटौलाले बताए ।

उनले भने, ‘सरकारले हाम्रो सहमति विपरीत पेट्रोलियम पदार्थको मूल्‍य बढायो । तर भाडादर बढाएन, त्‍यही भएर विभागबाट भाडा समायोजनको औपचारिक पत्र पाउन चार दिन लाग्‍यो। अब भोलिबाट अग्रिम टिकट बुकिङ खुल्छ ।’

व्यवसायीले टिकटको बुकिङ खोल्न नमानेपछि सरकारले १० प्रतिशत भाडा बढाउने निर्णय गरेको थियो । सवारी साधनको भाडा १० प्रतिशत बढ्ने भएसँगै सोमबार बैठक बसेर व्यवसायीहरुले टिकट खोल्ने निर्णय गरेका हुन् ।

प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार  २ : २९ बजे