४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वीरता र काठमाडौं जेसीजबीच भगिनी सम्बन्धबारे पहिलो हस्ताक्षर


८ आश्विन २०७५, सोमबार  

0
Shares

42382609_1828384880615207_7306616480127254528_n
ईलाम८, असोज /
आपसमा भगिनी सम्बन्ध स्थापित गरेका वीरता जेसीज र काठमाडौं जेसीजबीच आइतबार साँझ इलामको श्रीअन्तुमा प्रथम हस्ताक्षर समारोह सम्पन्न भएको छ ।
दुई जेसीज शाखाबीचको भगिनी सम्बन्धलाई अझ प्रगाढ बनाउँदै समाजमा महत्वपूर्ण टेवा पुर्याउन योगदान गर्ने प्रतिबद्धतासहित हस्ताक्षर समारोह सम्पन्न भएको हो । वीरता जेसीजका अध्यक्ष एकराज गिरी र काठमाडौं जेसीजकी अध्यक्ष इनु थापाले हस्ताक्षर गरी भगिनी सम्बन्धको प्रमाणपत्र आदान–प्रदान गरेका थिए । हस्ताक्षर अघि सो प्रमाणपत्रको वाचन वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवालले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारीले गमलामा रहेको फूलको बिरुवामा पानी सिञ्चित गरी समारोहको उद्घाटन गरेका थिए । समारोहमा बोल्दै प्रमुख अतिथि अधिकारीले वीरता जेसीज र काठमाडौं जेसीजले देशभरका जेसीज शाखाहरुका लागि नयाँ सन्देश प्रवाह गरेको बताए । सबै शाखाहरुले यसरी नै भगिनी सम्बन्ध स्थापित गरेर समाजमा योगदान गर्ने हो भने जेसीजले धेरै काम गर्न सक्ने बताए ।
झापाका एक दर्जन जेसीज शाखाका अध्यक्ष तथा प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको समारोहमा वीरता जेसीजको तर्फबाट काठमाडांै जेसीजकी अध्यक्ष थापालाई सम्मान प्रदान गरिएको थियो । उक्त सम्मानपत्र वीरता जेसीजका पूर्व अध्यक्ष निर्मल भट्टराईले वाचन गरेका थिए । त्यस्तै काठमाडौं जेसीजका कार्यकारिणी उपाध्यक्ष दिवस कर्मचार्य, महासचिव कैलाश श्रेष्ठ, डाइरेक्टर पारशकुमार पोखरेललाई समेत कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष रविन पोखरेल, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख बोलराज आचार्य, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, जेसीज पूर्व अध्यक्ष समाज झापा उपाध्यक्ष रमेश पोखरेल लगायतले वीरता जेसीज र काठमाडौं जेसीजले इलामको दुर्गम क्षेत्रमा उत्कृष्ट कार्य गरेर भगिनी सम्बन्धलाई नयाँ उचाइमा पु¥याइ अरुका लागि समेत उदाहरणीय बनेको बताए ।
वीरता जेसीजका महासचिव विनोद पाण्डेले सञ्चालन गरेको कार्यक्रममा स्वागत समारोहका संयोजक विकास बस्नेत र धन्यवाद ज्ञापन समारोहका अर्का संयोजक सञ्जिव चापागाईले गरेका थिए । जनसम्पर्क अधिकारी कुशल खतिवडाले आस्था वाचन गरेको समारोहमा जेसीआई मिसन, भिजन र नेपाल जेसीज तथा वीरता जेसीजको प्रकरण वाचन मातृ शाखा संयोजक दिवाकर प्रसाईंले गरेका थिए ।
समारोहमा मन्तव्य राख्दै दुबै जेसीज शाखाका अध्यक्षले भगिनी सम्बन्धलाई अझ प्रगाढ बनाइ समाजमा रचनात्मक कार्य गर्ने प्रतिबद्धता जनाए । नेपाल जेसीजका यस वर्षका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले अघि सारेको प्रस्ताव बमोजिम वीरता जेसीज र काठमाडांै जेसीजबीच छ महिनाअघि अप्रिल १ तारिखमा चितवनको सौराहमा भगिनी सम्बन्ध स्थापना बारेको सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
बस्यालको नयाँ सोच र अन्तर्राष्ट्रिय अभ्यास अनुसार नेपालमा शुरु भएको जेसीज शाखाहरुबीचको भगिनी सम्बन्ध स्थापनाको सम्झौता गर्ने शाखाहरुमध्ये पहिलो पटक वीरता र काठमाडौंले सूर्योदयको जिल्ला इलामबाट मानवीय सेवा क्षेत्रमा नयाँ कामको थालनी गरेका छन् ।
कार्यक्रममा नेपाल जेसीजका निवर्तमान महासचिव भरत प्रसाईं, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, पूर्व अध्यक्ष राधा सुब्बा, डा. भुवन थापा, व्यवसायीहरु नरेन्द्र बराल, अर्जुन चुडाल, रोङ ६ का वडाध्यक्ष मनिकुमार स्याङ्वो, भद्रपुर जेसीजका अध्यक्ष सोम ढुंगेल, सुरुङ्गा जेसीजका अध्यक्ष भीम भट्टराई, निवर्तमान अध्यक्ष जविन तिम्सिना, पूर्व अध्यक्ष शिव कँडेल, धुलाबारी जेसीजका अध्यक्ष नारायण खनाल, बुधबारे जेसीजका अध्यक्ष प्रकाश भण्डारी, बाुहण्डाँगी जेसीका अध्यक्ष जीवनकुमार दर्जी, अर्जुनधारा जेसीजका अध्यक्ष अजय देव, पूर्व अध्यक्षहरु दिपीन राई शार्दुल ओली, पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल र कार्यकारी व्यवस्थापक होमप्रसाद अधिकारीको आतिथ्य रहेको थियो ।
वीरता जेसीजका पूर्व अध्यक्षहरुको तर्फबाट युवराज दाहाल, राजेन्द्र चम्लागाई, यामकुमार खड्का, प्रशान्त भण्डारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार  १ : ५७ बजे