४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगञ्जमा पहिलो पटक पोलीग्राफ टेस्ट हुदै


८ आश्विन २०७५, सोमबार  

0
Shares

20180924_112031

गाैरीगंज ८, असाेज / दमकका कपडा ब्यावसायी खेमराज पौडेलको हत्या काण्डको बासतबिकता पता लाउन इलाका प्रहरी कार्यालय गौरीगञ्जमा पहिलो पटक अभियुक्तको पोलीग्राफ टेस्ट भइ रहेको छ ।
हत्या आरोपमा पक्राउ परेका गौरीगञ्ज ६ का सद्दाम हुसेनको बयानबाट हत्यामा उ एक्लै थियो या हत्यामा अरुको पनि सँलग्नता थियो भन्ने कुरा नखुले पछी बास्तबिकता पता लगाउन सो टस्ट भइरहेको हो ।
अभियुक्त हुसेनले बयानमा आफुले दुइ थान एसपी ट्यावलेट तिन थान नाइट्रोजन ट्याबलेट र एक बोतल कोरेक्स लागु औषध खाएर एक्लैले सो हत्या गरेको बताए पनि सो हत्या काण्डमा अरुको पनि सँलग्नता हुन सक्ने आशँका गरिदै आएको छ ।
अभियुक्त हुसेनको पोलीग्राफ टेस्ट गर्न १ नँबर प्रदेश कार्यालय अपराध अनुसन्धान शाखाकी प्रहरी सहायक निरिक्षक सपना खडका मेसिन सहित खटिएकी छन् । खड्का पोलीग्राफ बिशेषज्ञ हुन् । उनले यस अघि प्रदेश नँ १ र २ मा ४८ वटा घटनामा अभियुक्तहरुको पोलीग्राफ टेस्ट गरि सकेकी छन् । पोली ग्राफ मेसीनले देखाउने अभियुक्तको मुटुको बेग रगतको चाप र शरिरको अन्य गतिबिधिका आधारमा अभियुक्तले साचो बोली रहेको हो या होइन भन्ने कुरा थाहा पाइने प्रसनी खड्का बताउछिन् ।
पोलीग्राफ टेस्ट पछी सो हत्या काण्डमा अरुको सँलग्नता थियो कि थिएन भन्ने कुरा प्रस्ट हुने कुरा इप्रका गौरीगञ्ज प्रहरी निरिक्षक टेकेन्द्र पौडेल बताउछन् ।

प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार  ९ : १० बजे