५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंज भन्सार कार्यालयमा राजस्व असुलीमा कठिनाई


७ आश्विन २०७५, आइतबार  

0
Shares

20180923_120023

गाैरीगंज ७, असाेज / अाठमाैजा छाेटी भन्सार कार्यालय गाैरीगंजले पाँच महिनामा २ लाख १७ हजार २ सय २५ रूपैयाँ राजस्व असुली गरेकाे छ ।
कार्यालयले लसुन, माछा,प्याज, अालु,गाेरूलगायत सामान तथा चाैपायाबाट राजस्व उठाएकाे हाे । यस अघि कार्यालयले राजस्व उठाउन नसकेकाे गुनासाे अाएपछि गाैरीगंज गाउँपालिका वार्ड नं ६ स्थित भारू चाैककाे बाटाे छेउमै भन्सार कर्मचारी बसी भारत निकासी हुने र भारतबाट अायात हुने सरसमानहरूकाे राजस्व उठाउन थालेकाे छ । कार्यालयका सहयाेगी कर्मचारी दुर्गा पाेख्रेलका अनुसार भन्सार कार्यालय भित्री बजारमा रहेकाले राजस्व असुल्नमा कठिनाई भएकाे बताए । राजस्व संकलनलाई बृद्वि गर्ने हाे भने सुरक्षाकर्मी सहित मुलबाटाेमा भन्सार कर्मचारी बस्ने स्थायी व्यवस्था गर्नुपर्ने पाेख्रेलले बताए । उनका अनुसार कार्यालयले बैशाख महिनामा ३० हजार रूपैयाँ, जेठमा २५ हजार, असारमा ५० हजार १ सय १२ रूपैयाँ, साउनमा ५७ हजार, भदाैमा ५५ हजार १ सय१३ रूपैयाँ राजस्व असुली गरेकाे छ ।
भन्सार कार्यालय भित्री बजारमा भएकाेले राजस्व संकलनमा कठिनाइ भएकाे दुर्गा पाेख्रेल बताउँछन् । भन्सार कार्यालय मुल बाटाे देखि टाढा भएकाेले राजस्व असुली गर्न खाेज्दा खाेज्दै पनि लुकाई छिपाई मालसमान ल्याउने गरेकाे उनी बताउँछन् । सशस्त्र सीमा सुरक्षा बल गाैरीगंजले १ महिनामा ७० हजार रूपैयाँ बराबरकाे मालसमान अवैधरूपमा भारतबाट नेपालतर्फ ल्याउदै गर्दा बरामद गरेकाे थियाेे ।

प्रकाशित मिति : ७ आश्विन २०७५, आइतबार  ७ : ४७ बजे