५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

संरक्षणकाे पर्खाईमा गाैरादहकाे एेतिहासिक पोखरी !


६ आश्विन २०७५, शनिबार  

0
Shares

8d587f74f89dda2f26094f2687e97441.0 युबराज रेग्मी
गाैरादह ६, असोज / झापा जिल्ला गौरादह नगरपालिकाको परिचय बोकेको गौरादह पोखरी संरक्षणको अभाबमा अव्यवस्थित बन्दै गएको छ ।
स्थानीय तहको निर्वाचनको समयमा गौरादहकाे ऐतिहासिक पोखरीहरुको संरक्षण र व्यवस्थापनको नारा सवै दलहरुले लिए पनि व्यवस्थापन हुन सकेकाे छैन । झापाको दक्षिण पश्चिमी क्षेत्रमा रहेको गौरादह नगरपालिका १ स्थित गौरादहका ऐतिहासिक पोखरीहरुको संरक्षणका लागि गत अार्थिक वर्षमा नगरले विनियोजन गरेको १ करोड बजेट कामनै सुरु नगरी फ्रिज भएकाे थियाे ।

तत्कालीन गौरादह पोखरी व्यवस्थापन तथा पर्यटकीय स्थल निर्माण समितिका अध्यक्ष समेत रहेका वडा २ का वडा अध्यक्ष हेमन्त कार्कीका अनुसार पोखरीलाई मत्स्यपालन र पर्यटकीय केन्द्रको रुपमा एकैपटक लैजाने, परिसरभित्र विश्रामस्थल सहितका फूलबारी निर्माण गर्ने, बोटिङ चलाउने, चिल्ड्रेन पार्क, बालबाटिका, जातीय संग्रालय र वनभोजस्थल बनाइने गुरुयोजना बनाइ डिटेल ड्राफ्ट नै तयार गरिएको थियो।

पहिलोपटक २०७०/०७१ मा सर्वदलीय भेलाबाट गौरादहका ऐतिहासिक पोखरी संरक्षण एवं पर्यटकीयस्थल निर्माण समिति हेमन्त कार्कीको अध्यक्षतामा गठन भएकाे थियो। समितिले तत्कालीन समयमा तीन करोड ८५ लाखको गुरुयोजना स्थानीय मन्त्रालय र पर्यटन मन्त्रालयमा पेश गरेकोमा २५ लाख रुपैयाँ स्थानीय विकास मन्त्रालयबाट प्राप्त भएको गाैरादह नगरपालिकाका वार्ड नं २ का अध्यक्ष हेमन्त कार्कीले बताए ।

नगरपालिकाको संयन्त्रले अर्को पटक यादवराज सेढाईंको अध्यक्षतामा अर्को समिति बनाएको थियो । सेडाइको कार्यकालमा करिब १८लाखको लागतमा
पोखरी क्षेत्रमा रहेको अतिक्रमण हटाएर २०७२/०७३ मा आफ्नो नेतृत्वमा पहिलो चरणमा ७२ मिटर, दोस्रो चरणमा ५३ मिटर घेराबारा गर्ने काम भएको थियो । तेस्रो चरणमा पुनः ३८ लाख ७४ हजार लागतमा ३ सय ४० मिटर घेराबारा गर्ने काम सम्पन्न भएको थियो ।
साे समयमा भरत फुयालको अध्यक्षतामा अर्को समिति बनाए पछि बिबाद सिर्जना भएकाे थियो ।
बिबादित बनेकै कारण काम हुन नसकी गत अार्थिक वर्षमा बिनियोजित १ करोड रकम फ्रिज भएकाे थियाे ।

वडा न २ का वडा अध्यक्ष हेमन्त कार्कीले पुन: उक्त परियोजनाका निमित्त आ. ब. २०७५/०७६का लागि प्रदेश सरकारबाट गौरादह क्षेत्रका पोखरीहरुलाई १ कराेड, गाैरादह पाेखरीलाई १ कराेड र गौरादह नगरपालिकाले गौरादह पोखरीका लागि ३० लाख रूपैयाँ बिनियोजन गरिएकाे बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार  ८ : १७ बजे