११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गाैरीगंजमा अपहरणपछि एककाे हत्या


२६ भाद्र २०७५, मंगलबार  

0
Shares

20180911_082926
गाैरीगंज २६, भदौ / झापाकाे कमल गाउँपालिका वार्ड नं ६ मंगलबारेका कपडा व्यापारी खेमराज पाैडेल मृत फेला परेकाे छ । गाैरीगंज वार्डनं ६ बाह्सुद्दी स्थित विनाेद यादवकाे धानखेत नजिक नालामा फ्याकिएकाे अवस्थामा अाज विहान फेला परेकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक टेकेन्द्र पाैडेल जानकारी दिनुभयाे । घटना स्थलमा मे७ प १९०४ नम्बरको माेटरसाईकल, माेवाइल, व्याग फेला परेकाे छ । साेमबार हिजाे बेलुका मृत पाैडेल र उनकी श्रीमती संगै गाैरीगंज बजार ताकेता अाएका करिब ६ बजे बेलुका श्रीमतीलाई एक नास्ता पसलमा एक छिन बस्नु भनी हिडेका पाैडेल राती ९ बजे मात्र अपहरणमा परेकाे प्रहरीलाई खबर भएकाे निरीक्षक पाैडेलले जानकारी दिनुभयाे । प्रहरीले रात अबेर सम्म मृत पाैडेलकाे खाेजी कार्य जारी राखेका थिए । प्रहरीले एक जना युवकलाई घटनामा संलग्न रहेकाे अाशंकामा पक्राउ गरेकाे छ । मृत पाैडेलकाे घाटी र टाउकाेमा छुरा प्रहार भएकाे जनाईकाे छ । शवलाई पाेस्टमार्टमका लागि भद्रपुर लाने तयारी गरिरहेकाे जनाईएकाे छ ।

प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलबार  ३ : ३९ बजे