४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

शुभलक्ष्मी सहकारी गौरादहको अध्यक्षमा प्रकाश कार्की निर्वाचित


२४ भाद्र २०७५, आइतबार  

0
Shares

20180909_081059
गाैरादह २४,भदौ /

झापाको गौरादह १ स्थित शुभलक्ष्मी सहकारी संस्थाको अध्यक्षमा १,११३ मत प्राप्त गर्दै प्रकाश कार्की बिजयी बन्नु भएको छ । उहाँले आफ्ना प्रतिस्पर्धि नारायण घिमिरेलाई २ सय ८ मतले पराजित गर्नु भएको हो । घिमिरेले ९०५ मत मात्रै प्राप्त गर्नु भयो । त्यसैगरी उपाध्यक्षमा घिमिरे प्यानलबाट दिलिपकुमार भण्डारी बिजयी बन्नु भएको छ । उहाँले १,२२५ मत प्राप्त गर्नु भयो । भण्डारीका प्रतिष्पर्धि कार्की प्यानलकी भिममायाँ उप्रेतीले ७७५ मत मात्रै प्राप्त गर्नु भयो । त्यस्तै सचिमा कार्की प्यानलका हेमचन्द्र घिमिरे राजु निर्वाचित बन्नु भएको छ । उहाँले १,११३ मत प्राप्त गर्नु भयो । उहाँका प्रतिष्पर्धि भिम बिजय बाँस्तोलाले ८६५ मत मात्रै प्राप्त गर्नु भयो । कोषाध्यक्षमा कार्की प्यानलका बिरेन्द्र बस्नतेले १,०३७ मत प्राप्त गर्दै बिजयी बन्नु भएको छ । बस्नेतका प्रतिस्पर्धि स्याम दाहालले ९०२ मत मात्रै प्राप्त गर्नु भयो । अन्य पदाधिकारीहपदाधिकारीहरूकाे भने ५०० जति मत गन्न बाँकी रहेकाे जानकारी दिईएकाे छ ।
गौरादहकै प्रतिष्ठित सहकारीको नयाँ नेत्रित्व चयनमा सहमती नजुटेपछि दुई प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए । सहकारी संस्थामा २ हजार ७ सय ४८ मतदाता रहेकोमा हिँजो भएको मतदानमा २ हजार १ सय १६ मत खसेको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७५, आइतबार  २ : ५७ बजे