३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

महिला सन्जालकाे तीज नृत्य प्रतियोगितामा वडा नं४ पहिलाे


२० भाद्र २०७५, बुधबार  

0
Shares

fc2461141af1a5e0babc0727e7ab58d3.0

युबराज रेग्मी

गौरादह २०, भदौ / अन्तर पार्टी नगर महिला सन्जाल गौरादहले आयोजना गरेको तिज विशेष वडा स्तरिय सामुहिक खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको छ । अतिथी सदन गौरादहमा आयोजित कार्यक्रममा गौरादह नगरपालिका भित्रका ९ वटा वडा बिच भएको प्रतिस्पर्धामा वडा न ४ प्रथम भएको छ त्यसै गरि वडा न ३द्वितीय र वडा न ९ तृतीय भएको छ । “परम्परा जोगाऔ बिकृती हटाऔ” भन्ने मुल नाराका साथ आयोजित तिज विशेष कार्यक्रम केही दिन अघि देखि प्रत्तेक वडामा छनौट भएर आएका उत्कृस्ट नृत्य हरु वडाको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा सहभागि भएका थिए । नगरमा महिला हरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले गठित महिला सन्जालले विभिन्न अबसर पारेर गौरादह नगर भित्र चेतनामुलक तथा मनोरञ्जनात्मक कार्यक्रम हरु आयोजना गर्दै आएको छ ।
1f66d89b3341eac6fac2ef37df079247.0

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार  १ : २१ बजे