१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापाकाे १५ वटै स्थानियतहमा १ सय वेडकाे क्वारेन्टाइन स्थापना हुने, ५० वेड अक्सिजनसहितकाे आईसाेलेसन वेड



गाैरीगंज १३, वैशाख / काेराेना महामारीकाे प्रकाेप समुदायस्तरमा फैलिन नदिन जिल्ला स्तरिय कोभिड संक्रमण नियन्त्रण र व्यवस्थापनका लागि बनेकाे डिसीसीएमसीले १८ बुँदे निर्णय गरेकाे छ ।

झापाका १५ वटै स्थानीय तहमा १ सय बेड क्षमताको क्वारेन्टिन र ५० वेड क्षमताको अक्सिजनसहितको आइसोलशन वार्डको निर्माणसहित आज डिसीसीएमसीले १८ बुँदे निर्णय गरेकाे हाे ।

बैठकले जिल्लाका सबै शैक्षिक संस्था, तालिम केन्द्र, ट्युसन सेन्टरहरुमा विधार्थीको भौतिक उपस्थिति नगराई वैकल्पिक सिकाई भर्चुअल विधिबाट शिक्षण सिकाई गर्ने निर्णय गरिएको छ ।

काँकरभिट्टा नाकाबाट प्रवेश गर्ने यात्रुहरुका लागि १ हजार क्षमताको होल्डिङ सेन्टरको स्तारोन्नति गर्ने र कलवलगुरी स्थित प्रदेश प्रशिक्षण केन्दमा थप ५ सय क्षमताको होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरिएको छ ।

बैठकले कोभिड नियन्त्रण र सुरक्षा सतर्कताका लागि आवश्यक प्रचार प्रसार गर्ने ,सीमा नाकामा थप सुरक्षा व्यवस्था कडाई गर्ने, अत्यावश्यक काम विना नेपाल भारत आवतजावत बन्द गर्ने, शव व्यवस्थापन सेनाले गर्ने र त्यसका लागि आवश्यक उपकरण र एम्बुलेन्स सम्बन्धित स्थानीय तहले व्यवस्था गर्ने, संक्रमितको उपचार गर्न जिल्ला बारिह पठाउनु पर्ने भए एम्बुलेन्सको आवश्यक व्यवस्था सम्बन्धित पालिकाले गर्ने र त्यसका लागि जिल्ला प्रहरी, इलाका प्रहरी कार्यलय अनारमनीमा एम्बुलेन्स तयारी अवस्थामा राख्ने, राजनीतिक दलहरुलाई आमसभा, भीडभाड हुने कार्यक्रम नगर्न अपील गर्ने र उपचारका लागि जिल्ला बाहिर पठाउनु परेमा स्वास्थ्य कार्याल्यसँग समन्वय गर्नुपर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  २ : ३७ बजे