४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सिमान्तकृत महिलालाई निर्णायक तह र राजनितीमा सकृिय बनाउन छलफल


२० भाद्र २०७५, बुधबार  

0
Shares

FB_IMG_1536136596943

गाैरादह २०,भदाै / ग्रामीण तथा शहरी बिकास नेपाल र जागरण नेपाल काठमाण्डौको साझेदारीमा सीमान्तीकृत महिलाहरु लाई राज्यकाे निर्णायक तह र राजनीतिमा कसरी सहभागी गराउने विषयमा अाज गाैरादहमा जनप्रतिनिधि र सराेकारबाला बीच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएकाे छ ।

गाैरीगंज गाउँपालिका र गाैरादह नगरपालिकाका स्थानीय जनप्रतिनिधि सम्मलित उत्त कार्यक्रममा सीमान्तीकृत समुदायकाे महिलाहरूलाई स्थानीय सुशासन, निर्वाचन, निर्णायक तह र राजनीतिमा सहभागिता बिषयमा कार्यक्रममा छलफल भएकाे थियाे । कार्यक्रममा सहभागी महिलाहरूले घरकाे चुलाे चाैकामा मात्र सिमित नरहेर महिलाहरू राजनीतिमा पनि सक्रिय सहभागिता जनाउनु पर्ने बताएका थिए । सिमान्तकृत महिलाहरूकाे पहुच राजनीतिमा पुरूषसरह नपुग्ने भएकाे हुदा उनीहरूलाई स्वंय अग्रसर हुन प्रेरित गर्नु पर्ने अावश्यक रहेकाे उनीहरूकाे जाेड थियाे । राजनीतिक
चेतना र निर्णायक तहमा महिलाहरू जबसम्म हुदैन तबसम्म समुन्नत समाजकाे परिकल्पना गर्न सकिँदैन एक सहभागिले बताए । उनले भनेे – ‘महिला सभ्य समाज निर्माणकाे मियाे भएकाे भन्दै हरेक तह र तप्तामा समान अवसर दिनुपर्छ ।’

ग्रामीण तथा शहरी बिकास नेपालीकी अध्यक्ष वसन्त लक्ष्मी उदासले झापाका हरेक स्थानियतहमा रहेका सिमान्तकृत महिलाहरूकाे समूह गठन गरि र संस्था दर्ता गरि महिला शसक्तिकरण अभियान जारी रहेकाे बताउनुभयाे ।
उनले गाैरादह नगरपालिकामा भरिपुर्ण राईकाे अध्यक्षतामा ७५ सदस्यीय महिला शसक्तिकरण संस्था र गाैरीगंजमा फुलबती राजवंशीकाे अध्यक्षतामा ५० सदस्यीय राष्ट्रिय महिला शसक्तिकरण संस्था दर्ता भईसकेकाे कार्यक्रममा जानकारी दिनुभयाे । कार्यक्रममा गाैरादह नगरपालिका र गाैरीगंज गाउँपालिकाका जनप्रतिनिधि तथा सराेकारबालाहरूकाे सहभागिता थियाे ।
सीमान्तकृत समुदायमा सुनुवार, राजवंशी, ताजपुरिया, तामाङ, भुजेल, कुमाल, सन्थाल, गन्गाई, धिमाल, थारू,गुरूङ,राई, माझी, मगर, मेचे, झागड,दुनुवार,किसान,शेर्पा लिम्बूलगायतका जातिहरू पर्छन ।

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार  १० : १८ बजे