७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

गाैरीगंजमा याेग शिविर सञ्चालन हुदैछ, तपाईं पनि सहभागी हुने कि ?


१८ भाद्र २०७५, सोमबार  

0
Shares

FB_IMG_1535950324858

गाैरीगंज १८, भदौ / भनिन्छ, ‘स्वास्थ नै धन हाे’ । शरिरलाई स्वास्थ राख्न याेगाकाे अावश्यकता पर्छ । हुन त स्वास्थ रहन अरू अनेक उपाय पनि छन् तर याेगा सर्वाेत्कृष्ट उपाय हाे । यसैलाई अात्मसाथ गरि गाैरीगंजका युवा समाजसेवी रूपक श्रेष्ठले निःशुल्क याेग शिविर सञ्चालन शुरू गरेकाछन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं ६ खजुरगाछीस्थित शिवालय मन्दिरकाे सभाहलमा प्रत्येक दिन विहान ५ बजे देखि ७ बजेसम्म १५ दिनदेखि निशुल्क याेग शिविर सञ्चालन समाजसेवी श्रेष्ठले सञ्चालन गरिरहेका छन् । याे
याेग अभ्यास निरन्तर चलिरहने छ । रामदेव बाबाकाे हरिद्वारस्थित पतञ्जली याेग शिविरमा याेग अभ्यास तालिम लिईसकेका श्रेष्ठले गाैरीगंजबासीलाई शिविरबाट शारिरीर स्वास्थ्य लाभ लिन अाग्रह गरेका छन् ।
याेग अभ्यासबाट माेटाेपन घटाउने, पेटकाे समस्या, ग्याष्टिक,युरिक एसिड,महिलाहरूकाे पाठेघर सम्वन्धि विभिन्न समस्यलगायत शारीरिक विविध राेगसंग लडने क्षमता बढाउछ ।
‘याेग अभ्यासले राेगसंग लड्ने क्षमता बढाउछ, याेग शिविर सञ्चालक श्रेष्ठले भने – ‘मैले सिकेकाे अनुभवलाई अरूलाई पनि फाइदा हाेस र स्वास्थ रहाेस । ‘

FB_IMG_1535950331968

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार  ५ : ४२ बजे