४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विराट राजबंशीले भने, समुदायमा चेतनास्तर अभिबृद्धीको खाँचो छ


१७ भाद्र २०७५, आइतबार  

0
Shares

FB_IMG_1535885401844

विराटनगर १७, भदौ /
विराट राजवंशी समुदायबीच अन्तरक्रिया सम्पन्न भएको छ । योङ हार्ट ग्रुपले मोरङको कटहरी गांउपालिका महेशपुरमा आयोजना गरेको अन्तरक्रियामा विराट राजवंशी समुदायका विभिन्न वर्ग क्षेत्रमा सक्रिय संघसंस्थाका पदाधिकारीको सहभागिता थियो । कार्यक्रममा राजवंशी समाज उत्थान समितिका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले चेतना र राजनितिक संरक्षणको अभावमा विराट राजवंशी समुदाय पछि परेको बताए । उनले समुदायको उत्थानका निम्ति राज्यले बिशेष निति ल्याएर संरक्षण गर्नुपर्ने बिषयमा जोड दिए ।
विराट राजवंशी युवा समितिका अध्यक्ष कुशेश्वर राजवंशीले समुदायमा ब्याप्त दाइजो प्रथाका कारण विराट राजवंशी समुदायको अवस्था जर्जर हुंदै गएको बताए । उनले समाजलाई अग्रगतिमा अघि लान समुदायको चेतनास्तर अभिबृद्धिमा जोड दिए ।
विराट राजवंशीका जिल्ला सचिव बसन्त राजवंशीले विराट राजवंशीको पृथक पहिचान र भाषा तथा पहिरन भएकाले अन्य राजवंशी समुदाय संगै जोडेर हेर्न नमिल्ने बताए । राजवंशी कलाकार संघका अध्यक्ष रमेश राजवंशी र योङ हार्ट ग्रूपका अध्यक्ष मुन्ना राजवंशी लगायतले समुदायलाई बिशेष संरक्षण आवश्यक रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १७ भाद्र २०७५, आइतबार  १० : १४ बजे