४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कमल थापाले भने : ‘अहिले सरकारकाे मुल्यांकन गर्ने बेला भएकाे छैन’


१४ भाद्र २०७५, बिहिबार  

0
Shares

kamal-thapa-1

विराटनगर १४,भदौ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले वर्तमान सरकारको विरोध गर्नुको अहिले कुनै औचित्य नभएको बताउनु भएको छ । विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकार गठन भएको ६ महिना मात्र भएकाले अहिले नै मूल्याङ्कनको बेला नभएको स्पष्ट पार्नुभयो ।

उहाँले यातायात क्षेत्रको एकाधिकार(सिण्डिकेट) हटाउने र काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने कार्य रोकेकामा सरकारप्रति गुनासो व्यक्त गर्नुभयो ।
अध्यक्ष थापाले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दलको सहमति लिएर सहकार्य गर्नु उपयुक्त हुने विचार व्यक्त गर्नुभयो । अध्यक्ष थापाले सनातन हिन्दू राष्ट्र, लोकतन्त्रसहितको राजसंस्थालगायतका विषय सहमतिका आधारमा टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहिबार  ९ : ५१ बजे