४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रेस युनियनले सांसद महेन्द्रकुमारी सुब्बालाई गर्यो सम्मान


२५ फाल्गुन २०७४, शुक्रबार  

0
Shares

press unionn
दमक२५ ,फागुन / नेपाल प्रेस युनियनले संघीय संसद सदस्य महेन्द्रकुमारी सुब्बालाई बधाईसहित सम्मान गरेको छ । दमकमा आज शुक्रवार एक कार्यक्रम गरि नेपाली कांग्रेसबाट निर्वाचित सांसद सुब्बालाई बधाई शुभकामनासहित सम्मान गरेको हो । सांसद सुब्बालाई सम्मानपत्र ,दोसल्ला ओढाएर सम्मान गरिएको युनियनका माइपश्चिम अध्यक्ष बिष्णु आङदेम्बेले बताए । सांसद सुब्बा संघीय संसदमा साविक मेची अञ्चलबाट समानुपातिकबाट निर्वाचित भएकी हुन् ।
press 1

सम्मान पछि बोल्दै सांसद सुब्बा

सांसद सुब्बालाई युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्रीले सम्मान गरेका थिए । त्यस अवसरमा बोल्दै सांसद सुब्बाले आर्थिक समृद्धिसंगै प्रेस स्वतन्त्रताका पक्षमा आफू क्रियाशील रहने जोड दिईन् ।
उनले युनियनका संस्थागत सवलीकरणमा समेत निरन्तर सहयोग जारी राख्ने प्रतिवद्धता जनाईन् । कार्यक्रममा सम्मानीत सुब्बाको सम्मान पत्र युनियनकी सदस्य कुसुम तामाङले वाचन गरेकी थिईन् भने प्रमुख अतिथि युनियनका केन्द्रीय सदस्य क्षेत्रीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

स्थानीय होटल काग्त्यानीमा आयोजित सम्मान कार्यक्रममा कांग्रेस महासमिति सदस्य शेरवहादुर भट्टराई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रेस चौतारीका जिल्ला उपाध्यक्ष मनकुमार गदाललगायतले बोलेका थिए । युनियनका जिल्ला सदस्य नगेन्द्रमणी न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन गिरिराज भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार  १२ : ०३ बजे