३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कोचिला शिक्षक फ्रन्टको निशुल्क ट्युशन गौरीगंजमा


६ फाल्गुन २०७४, आइतबार  

0
Shares

kochila mmmm

गौरीगँज ६, फागुन / एसईई परिक्षा दिने बिपन्न बिद्यार्थीहरुलाई लक्षित गरि कोचिला शिक्षक फ्रन्टले आजदेखि खजुरगाछी माबिमा निशुल्क ट्युशनको ब्यवस्था गरेको छ ।
राजवँशी महिला समाजको आर्थिक सहयोगमा फ्रन्टले सो निशुल्क ट्युशन कक्षा सँचालन गरेको हो ।
एक औपचारिक कार्यक्रमको आयोजना गरि शुरु गरिएको सो ट्युशनमा यस क्षेत्रका जुन सुकै विद्यालयमा अध्ययनरत बिपन्न बिद्यार्थीहरु पनि समाबेश हुन सक्ने कुरा आयोजक मध्येका कोचिला महिला फ्रन्ट की सनम राजवँशीले बताईन् । कार्यक्रममा प्रमुख आतिथ्य राजवँशी महिला समाजकी उपाध्यक्ष रत्ना राजवँशीले गरेकी थिइन् भने सभापतित्व कोचिला शिक्षक फ्रन्ट गौरीगँजका सह सचिव खेमराज ताजपुरियाले गरेका थिए ।
निशुल्क ट्युशन कक्षामा शिक्षकद्वय बरुण राजवँशीले गणित र सहदेब ताजपुरियाले अँग्रेजी बिषय पढाउने छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आइतबार  १ : १२ बजे