१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

देशकै नमूना प्रदेश बनाउने


५ फाल्गुन २०७४, शनिबार  

0
Shares

mails
दमक ५, फागुन /

प्रेस चौतारी र प्रेस सेन्टर झापाले शनिवार दमकमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता कार्कीले उच्च हिमश्रृखलादेखि औधोगिक, ब्यापारिक, पर्यटकीय र जल,जमिन जस्ता साधन र श्रोतले धनी प्रदेश भएकाले उचित योजना बनाएर विकासमा लाग्दा अरु प्रदेशको तुलनामा अबल प्रदेश बनाउन सकिने विचार ब्यक्त गर्नुुभयो ।

उहाँले एक नं प्रदेशको मन्त्री परिषद जाति, क्षेत्र र वर्गीय हिसावले सबैलाई समेटिएर बनाइएको बताउनु भयो । उहाँले छिटै प्रदेशको कानुन बन्ने र कानुनको आधारमा सबैका समस्या समाधान गदै लगिने धारण राख्नु भयो । उहाँले यस प्रदेशको भूमिलाई वीर भूमि, सहिद भूमि, र नमूना बस्ती छुट्याइ अघि बढ्ने योजना रहेको कार्कीले बताउनु भयो । ।

प्रदेश चलाउन आर्थिक हिसावले तत्काल चुनौती रहेपनि विकासले गति लिएपछि आर्थिक आयका आधारहरु धेरै हुने कार्कीको भनाई रहेको छ । प्रेस चौतारी झापाका उपाध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री कार्कीले कसैलाई भेदभाव नगर्ने ठूलो पार्टी भयो भनेर र बहुमतको दम्भ नराख्ने विचार ब्यत्तः गर्नुभयो ।

पत्रकारको जिज्ञासामा एक नम्वर प्रदेश सरकारका प्रबक्ता समेत रहनु भएका मन्त्री कार्कीले प्रदेश नम्बर एक प्राकृतिक हिसाबले समेत अब्बल रहेकाले अबको २५ वर्ष भित्र मुलुकै सुन्दर सम्मृद्ध प्रदेश बन्ने दावी गर्नुभयो ।

उहाँले मुलुक पहिलो पटक संघीय संरचनाको अभ्यास गरिरहेकाले यसको व्यवस्थापनमा निकै चुनौती रहेको पनि बताउनु भयो । प्रदेश सरकार संचालनमा अहिले चौतर्फी चुनौती नै चुनौतीहरु रहेकाले यसको दिगो समाधानका लागि सरकारले कर नवढाउने तर दायरा फराकिलो पारिने पनि मन्त्री कार्कीले बताउनु भयो । प्रदेशको राजधानी र नामाकंनको विषय प्रदेश संसदमा बहुमतका आधारमा अधिकतम सहमति खोजिने र त्यो संभबन नभए मतदान प्रकृयामा गएर भएपनि टुङो लगाउने बताउनु भयो ।

कार्यक्रममा मन्त्री कार्कीलाई प्रेस सेन्टरका केन्द्रिीय सदस्य विमल लामिछानेले आन्तरिक मामिला मन्त्री हुनुभएको अवसरमा दोसल्ला ओढाएर सम्मान गर्नुृ भएको थियो । प्रेस चौतारीका जिल्ला उपाध्यक्ष गदालले मायाको चिनो डायरी प्रदान गर्नु भएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७४, शनिबार  ११ : ४८ बजे