१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश १ अन्तर्गत चार मन्त्रालय स्थापना


१ फाल्गुन २०७४, मंगलबार  

0
Shares

Pradesh-1-480x360
विराटनगर १, फागुन / प्रदेश १ अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना भएको छ । प्रदेश प्रमुख सचिव यादवराज कोइरालाले सोमवार मन्त्रालयको उद्घाटन गरे ।खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयमा सो मन्त्रालय राखिएको छ । योसँगै प्रदेश नम्बर १ मा रहने सातमध्ये ४ मन्त्रालयको स्थापना भएका छन् । आइतवार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय उद्घाटन भएको थियो ।

प्रदेश नम्बर १ मा रहने सात मन्त्रालय मध्ये मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय स्थापना भएको छ । अब तीनवटा मन्त्रालय स्थापना गर्न बाँकी छ ।

सोमवार उद्घाटन गरिएको मन्त्रालयले प्रदेशस्तरीय गृहमन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, कानुन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयले गर्दै आएको काम गर्नेछ ।

मन्त्रालयमा प्रशासन योजना तथा विपद व्यवस्थापन महाशाखा, सुरक्षा समन्वय महाशाखा र कानुन तर्जुमा महाशाखा रहने सचिव

यी मन्त्रालयको कार्यभार सम्हाल्न सचिव पनि आइपुगेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्न यज्ञबहादुर खत्री आएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सचिवमा हरिबहादुर केसी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सचिवमा किशोरचन्द्र गौतम तोकिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिवमा सन्तोष श्रेष्ठ आएका छन् ।

प्रदेश नम्बर एकमा रहने तीन वटा मन्त्रालय स्थापना गर्न बाँकी छ । आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालय स्थापना गर्न बाँकी छ ।

क्षेत्रीय कृषि निर्देशनालयमा मुख्यमन्त्री, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयमा आन्तरिक मामला तथा कानुन मन्त्रालय, क्षेत्रीय

वन निर्देशनालयमा उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालय र क्षेत्रीय पशुसेवा निर्देशनालयमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय राखिएको छ । यसअघि सो कार्यालयमा प्रदेश प्रमुखको कार्यालय राखिएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७४, मंगलबार  ४ : ५९ बजे