४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गौरीशंकर स्मृति पत्रकारिता पुरस्कार इन्द्रसिंह राजवंशीलाई


१ फाल्गुन २०७४, मंगलबार  

0
Shares

indrasing-rajbanshi
झापा १ ,फागुन / माओवादी नेता गौरीशंकर खड्काको स्मृतिमा स्थापित गौरीशंकर स्मृति पत्रकारिता पुरस्कारबाट यो वर्ष पत्रकार इन्द्रसिंह राजवंशीलाई पुरस्कृत गरिने भएको छ ।

दमकमा सोमबार बसेको पुरस्कार छनौट समितिले राजवंशीलाई १५ हजार रुपैयाँ राशीको सो पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कृत हुने पत्रकार राजवंशी २०५४ सालदेखि निरन्तर पत्रकारिता क्षेत्रमा कृयाशील छन् ।

बिर्तामोडको आरम्भ एफएमको समाचार सम्पादक तथा कोचिला न्युज डटकमका प्रधान सम्पादक रहेका राजवंशीले विभिन्न सञ्चारमाध्यमको प्रमुख भूमिकामा रही काम गरिसकेका छन् । समाज परिवर्तनका लागि सञ्चारमाध्यमबाट योगदान पुर्याएकाले उनलाई पुरस्कृत गरिने भएको हो ।

अग्रज पत्रकार गञ्जबहादुर दाहाल संयोजक रहेको पुरस्कार छनौट समितिको सदस्यमा प्रेस सेन्टर झापा अध्यक्ष टिकाराम उप्रेती र उपाध्यक्ष झुलन रेग्मी रहेका थिए । बैठकमा गौरीशंकर स्मृति प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम चुडाल र सचिव रमेश गुरागाईको पनि उपस्थिति रहेको थियो ।

यही फागुन ९ गते खड्काको स्मृति दिवसका दिन बिर्तामोडको आँगन होटल एन्ड पाटी प्यालेसमा विशेष कार्यव्रmम गरी राजवंशीलाई पुररस्कृत गरिनेछ । यसअघि सो पुरस्कारबाट पत्रकार चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल र कृष्ण हुमागाई पुरस्कृत भइसकेका छन् ।

बिर्तामोड निवासी खड्काको २०६८ सालमा बोनम्यारो क्यान्सरका कारण निधन भएको थियो । उनी पहिलो संविधान सभाबाट सांसदमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७४, मंगलबार  ४ : ५१ बजे