१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हुक्कादेखि भक्का, ढिठोदेखि पिजासम्मको नारा


१२ माघ २०७४, शुक्रबार  

0
Shares

Food_Festival__OYtPzIcoQI

सुनसरी/ इटहरीमा पहिलो पटक फुड फेष्टिबल आयोजना गरिएको छ । युथ फर सोसियल डेप्लोमेन्टको आयोजना तथा होटल व्यवसायी संघ इटहरीको संयोजनमा माघ १८ देखी २६ गतेसम्म फेष्टिबल आयोजना हुने भएको हो ।

पहिलोपटक हुन लागेको फेस्टिभलमा १६ लाख खर्च हुने अनुमान गरिएको छ । २५ भन्दा बढी स्टल रहने सो फेस्टिभलमा दिउँसो विद्यार्थी तथा बालबालिकालाई लक्षित कार्यक्रम र साँझ युवा लक्षित कार्यक्रम राखिने छ ।

फेस्टिभल अवधिभर कम्तीमा २५ हजारले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । फेस्टिभल अवधिभर भएको कारोबारबाट खर्च कटाएर बचेको पैसाले इटहरी क्षेत्रभित्रका विपन्न समुदायका ४ जना विद्यार्थीलाई कक्षा १० सम्मको निःशुल्क अध्ययननिम्ति खर्च गरिने आयोजक संस्थाका अध्यक्ष मनोज भुजेलले जानकारी दिए । फेस्टिभलमा बालबालिकाको लागी आकर्षक फन पार्क समेत रहने छ ।
यस्तै फुड फेस्टिभलमा चर्चित गायक÷गायिकाले प्रस्तुति दिने भएका छन् । युवा पुस्तामा लोकप्रिय गायक प्रमोद खरेल, अल्मोडा राना उप्रेती, प्राश्ना शाक्य, श्रेया सोताङ, राजनराज शिवाकोटी र ज्योति मगरले विशेष प्रस्तुति दिने तय भएको आयोजक युथ फर सोसियल डेभलपमेन्ट इटहरीकी सांस्कृतिक संयोजक प्रनिशा उदासले बताइन् ।

काठमाडौंबाट निम्त्याइएका कलाकारसँगै फुड फेस्टिभलभर स्थानीय कलाकारले पनि सांगीतिक प्रस्तुति दिनेछन् । स्थानीय तहमा चर्चा कमाएकी सुजता विष्ट, अन्जु गौतम र गंगा गौतम आचार्य लगायतको समेत प्रस्तुति रहने छ । कार्यक्रममा लोकदोहोरी र लाईभ कन्र्सट समेत प्रस्तुत हुनेछ ।

त्यसैगरी, नृत्यमा नागी डान्स सेन्टर, बिहानी र लक्ष्मी डान्स सेन्टरको प्रस्तुति रहने उदासले जनाइन् । फुड फेस्टिभलमा इटहरीबाट सञ्चालनमा आएका विभिन्न होटलले तयार पारेका विभिन्न खानाका परिकार विशेष आकर्षणका रूपमा राखिनेछ ।

त्यसैगरी, चितवनबाट आउने स्टलले केराको मःम, भातलगायत परिकार चखाउने आयोजकको भनाई छ । जातीय तथा परम्परागत खानाका लागि गुरुङ, नेवार, थारू र धिमाल जातिका खानाका परिकारका स्टलसमेत राखिने उनले जनाए ।

त्यस्तै, इलामबाट अकबरे खुर्सानी, मह, शुद्ध घ्यु र हिलेबाट तोङ्म्बालगायत खानाका स्टल रहने बताइएको छ । फेस्टिभलमा इन्डियन, चाइनिज तथा कन्टिनेन्टल खाना प्रदर्शनीमा राखिनेछ । स्थानीय खानाका परिकारलाई पनि विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ । दैनिक लक्की ड्र मार्फत मोबाईल समेत उपहार दिने बताइएको छ । आयोजकका अनुसार हुक्कादेखि भक्का, ढिठोदेखि पिजासम्मको नारा लिएर कार्यक्रमको तयारीमा जुटिरहेको बताएको छ ।

प्रकाशित मिति : १२ माघ २०७४, शुक्रबार  १० : ५५ बजे