१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गरिबका लागि बनेका अपार्टमेन्ट प्रयोगविहीन


२९ पुस २०७४, शनिबार  

0
Shares

government-built-residency

काठमाडाै २९, पुस / सरकारले सहरी गरिब तथा न्यून आय भएका परिवारका लागि १२ करोडभन्दा धेरै खर्चेर काठमाडौंको इचंगुनारायणमा बनाएका अपार्टमेन्ट प्रयोगविहीन छन् ।

कस्ता गरिब तथा विपन्न परिवारलाई भवन हस्तान्तरण गर्ने भन्ने निर्क्योल नहुँदा अपार्टमेन्ट खाली छन् ।

मापदण्ड बनाउनेबारे सहरी तथा गरिबी निवारण मन्त्रालय, सहरी विकास मन्त्रालय र उपत्यका विकास प्राधिकरणबीच समन्वय हुन सकेको छैन ।

जसका कारण भवन प्रयोगविहीन बनेको सहरी विकास तथा भवन निर्माण विभागका सहसचिव वसन्तकुमार राईले बताए । अपार्टमेन्टमा रङरोगन गर्न मात्र बाँकी रहेको उनले बताए । – नयाँ पत्रिकाबाट ।
Share this:

प्रकाशित मिति : २९ पुस २०७४, शनिबार  ५ : ०६ बजे