३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

ओलीको घर अगाडी बम विस्फोट


९ मंसिर २०७४, शनिबार  

0
Shares

utf-bom-seo
दमक ९, मंसिर /

नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको झापाको दमक ५ स्थित घर अगाडी राखेको आइ टी बम नेपाली सेनाले आज निस्कृय पारेको छ ।

झापाको केर्खा स्थित २१ नम्वर वाहिनीबाट आएको सेनाको टिस्पोजल टोलीले आज बम निस्कृय पारेको हो । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी राखेको आइ टी बमलाई आज बिहान ७ .२० मा निस्कृय पारी दिएको छ ।

त्यस अघि बिहान ४ वजे अको बम घर अगाडीको गेटमा पड्क्रिएको थियो । कोकको बोतलमा ५० ग्राम विस्फोटक पदार्थ र डेटेनेटर भेटीएको सेनाको डिस्पोजल टोलीले जनाएको छ । बम विस्फोट पछि कुनै मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय दमकका डिएपी दिपक गिरीले बताउनु भयो ।

बिहान बम पड्क्रिए पछि प्रहरीलाई खबर गरेपछि तत्काल घटना स्थलमा प्रहरी आइपुगेको दमक नगरपालिकाको मेयर रोम नाथ ओलीले जानकारी दिनु भयो । दमकको घर मेयर रोमनाथ ओली बस्दै आउनु भएको छ । रोम नाथ नाताले केपी भजिता पर्नु हुन्छ ।
यता नेपाली कांग्रसका नेता उद्धव थापाको घरमा अज्ञात समुहद्धारा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७४, शनिबार  ३ : ३५ बजे