४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

इस्लाम धर्मको प्रवचन गौरीगंजमा


२१ कार्तिक २०७४, मंगलबार  

0
Shares

1

गौरीगंज २१, कार्तिक / इस्लामी संघ नेपाल मेचीको आयोजनामा आज गौरीगंजमा वृहत धार्मिक प्रवचन कार्यक्रमको आयोजना गरिएको छ । इस्लाम धर्मको प्रचार प्रसार गर्ने उद्येश्यले आयोजना गरिएको उक्त प्रवचन कार्यक्रमका प्रमुख अतिथि गौरीगंज गाउ“पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ थिए । इस्लामी संघ नेपालका केन्द्रिय अध्यक्ष खुर्शीद आलमको अध्यक्षतामा भएको कार्यक्रममा इस्लाम धर्मका वत्ताहरुले इस्लाम धर्मको मुल्य, मान्यताबारे चर्चा गरेका थिए । कार्यक्रममा नेपाल हज कमिटि कार्य संपादन समितिका केन्द्रिय सचिव डा. अताबुल मन्सुरी, इस्लाम संघ नेपालका मेची अञ्चल अध्यक्ष ताहीर हुसैन, कोशी अञ्चल सचिव नवाज अहमद ठाकुर, अब्दुल लहैइ, जुलफकार अलिलगायतले इस्लाम धर्मको धार्मिक ग्रन्थ कुरानबारे प्रवचन दिएका थिए । एकदिने उक्त कार्यक्रममा गौरीगंज क्याम्पसका प्रमुख सर्वतलाल राजवंशी, महाभरा गाविसका पुर्व अध्यक्ष विजय अग्रवाल, शिक्षक घनश्याम यादवलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन फिरोज अंसारीले गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७४, मंगलबार  १० : २४ बजे