४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बिर्तामोडमा प्रहरीको गोलीबाट एकको मृत्यु


१० कार्तिक २०७४, शुक्रबार  

0
Shares

jhapa1

झापा१० ,कात्तिक / कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएपछि प्रहरीले चलाएको गोली लागेर बिर्तामोडमा एक जनाको मृत्यु भएको छ ।

लक्ष्मण शिवाकोटीको मृत्युबारे छानविनको माग गर्दै शुक्रबार बिर्तामोडमा विहानैबाट प्रदर्शन सुरु भएको थियो । स्थानीय नियन्त्रण बाहिर जान लागेको भन्दै स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगायो ।

तर, कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएकाहरुले प्रहरी चौकीमा तोडफोड तथा अगजनी गरेको प्रहरीले बताएको छ ।

स्थानीय अनियन्त्रित भएपछि बाध्य भएर गोली चलाउनु परेको विर्तामोडका डीएसपीले बताए । प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा नगरपालिका ११ का नरेश थापाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।

प्रदर्शनकारीले आक्रमणबाट सशस्त्र प्रहरीका एसपी समेत घाइते भएका छन् । ‘प्रहरी चौकीमा आगो लागेको छ । केही सवारी साधन पनि जलाएका छन् । कर्फ्यु लगाउँदा पनि स्थिति नियन्त्रण बाहिर गएपछि बाध्य भएर गोली चलाइएको हो’ विर्तामोडका डीएसपी राजकुमार सिलवालले भने ।

प्रकाशित मिति : १० कार्तिक २०७४, शुक्रबार  ११ : १४ बजे