४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कोरियाली भाषा परीक्षा पास गरेका युवाहरुको स्वास्थ्य परिक्षण कार्तिक १२ बाट


२९ आश्विन २०७४, आइतबार  

0
Shares

korea1

काठमाडौं । रोजगार अनुमती प्रणाली अन्तर्गत कोरियाको भाषा परीक्षा पास गरेका युवाहरुको आगामी कार्तिक १२ देखि स्वास्थ्य परिक्षण गरिने भएको छ । २०१८ का लागि यसवर्ष १२ हजार १०८ युवाहरुले भाषा परीक्षा पास गरेका थिए ।

उत्र्तिणहरुको राजधानीका चारवटा अस्पतालमा स्वास्थ्य परिक्षण गरिनेछ इपिएस कार्यालय ग्वार्कोले कार्तिक १२ देखि लगातार नौं दिनसम्म स्वास्थ्य परिक्षण गरिने जनाएको हो । कार्यालयले रोजगारी आवेदनको लागि पनि नौं दिनको समय निर्धारण गरेको छ । रोजगारीका लागि युवाहरुले कार्तिक १६ देखि आवेदन पेश गर्नुपर्ने हुन्छ । कार्यालयले शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मिनभवन, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन र कोरिया –नेपाल अस्पाताल ठिमीलाई स्वास्थ्य परिक्षण केन्द्र तोकेको छ ।

शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा प्रत्येक दिन चार सय जना , निजामती कर्मचारी अस्पताल मिनभवनमा चार सय २५ जना , पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटनमा दुई सय र कोरिया–नेपाल अस्पाताल ठिमीमा तिन सय २५ जनाले स्वास्थ्य परिक्षण गर्नसक्ने गरि व्यवस्था मिलाईएको छ ।

सरुवा रोगका कारण केहि नेपाली कोरिया पुगेर स्वास्थ्य परिक्षणमा फेल भएर फर्केका कारण इपिएस कार्यलयले गत वर्ष देखि युवाहरुको दुई पटक स्वास्थ्य परिक्षण गर्ने व्यवस्था गरेको छ । कार्यालयका अनुसार कार्तिक १२ बाट गरिने स्वास्थ्य परिक्षण मुलत: रोजगारी आवेदनका लागि हो ।

यस पटकको स्वास्थ्य परिक्षणमा पुरा शरिरको स्वास्थ्य परिक्षण गरिनेछ भने कामदारको लेवर कन्ट्याक्ट आइसकेपछि क्षयरोगको परिक्षण गरिनेछ । स्वास्थ्य परिक्षण र रोजगारी आवेदनमा कारणवस कोहि छुटेमा २÷३ दिनपछि पनि व्यवस्था गरिने भण्डारीले जानकारी गराए ।

कोरियाले सन् २०१८ का लागि दश हजार २०० नेपाली कामदार भित्रयाउने निर्णय गरेको थियो । इपिएस कार्यालयका अधिकृत शोभाखर भण्डारीले उत्र्तिण भएका सवै १२ हजार १०८ पनि जानसक्ने बताए । कोरियाका कम्पनीहरुले कामदारहरुको मागको संख्यामा कमि गरेको अवस्थामा भने कम कामदारहरु कोरिया जाने भण्डारीले वताए । पास हुनु नै शतप्रतिशत कोरिया जानका लागि योग्य नभएको उनको भनाई छ । रोजगारी आवेदन पश्चात कामदारको रोष्टर तयार गरिन्छ र रोष्टरमा रहेका कामदारको लेवर कन्ट्याक्ट २०१८ को पहिलो महिनादेखि आउन शुरु हुने बताइएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७४, आइतबार  १२ : १६ बजे