२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

आठमौजाको साधारण सभा


१६ भाद्र २०७४, शुक्रबार  

0
Shares

गौरीगंज / गौरीगंज गाउँपालिकास्थित खजुरगाछीको आठमौजा वचत तथा ऋण सहकारी संस्थाले नवौं वार्षिक साधाराण सभा सम्पन्न भएको छ । कार्यक्रमको सभापतिसमेत रहेका संस्थाका अध्यक्ष अर्जुन दंगालले संस्थाको सेयर सदस्य परिवार भित्रका नव वुहारी वा नया दुलहीलाई पाँच कित्ता वरावरको सेयर उपहार, सामुदायिक विद्यालयका कक्षा १० र ११ का विद्यार्थीहरुलाई संस्थाको कार्यलयमा व्यवहारिक शिक्षाको अवसर र संस्थामा बैकिंङ, एसएमएस वैकिंङ, मोबाइल बैकिङ, एफ संस्थामा राखिनेलगायतका नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संंस्थाका सदस्य सानुराजा श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सदस्य श्याम ढकालले संस्थामा १२ सय १९ जना सेयर सदस्य रहेको र यस वर्ष संस्थाले १ करोड ६५ लाख आम्दानी गरेको र १ करोड १६ लाख खर्च भएको प्रतिवेदन प्रस्तुत गरेका थिए । । खजुरगाछी शिवालय मन्दिरको सभा हलमा आयोजित कार्यक्रममा उपाध्यक्ष कुमार भण्डारीले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन व्यवस्थापक नगेन्द्र कुमार ढकालले गरेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७४, शुक्रबार  ११ : ५३ बजे