१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

थर्ड एलायन्सद्वारा दलितवस्तीमा राहत वितरण


१६ भाद्र २०७४, शुक्रबार  

0
Shares

11a

गौरीगंज / गौरीगंज गाउँपालिकास्थित बाह्रसुध्धीको दलितवस्तिका बाढीपीडितलाई आज राहत वितरण गरिएको छ । विगत केही समय अगाडीको अविरल वर्षाका कारण गौरीया खोलामा बाढी आउदा सो गाउँका ५० घरपरिवार डुवानमा परेका थिए । बाढीपिडीत परिवारलाई तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) विराटनगरको आयोजनमा राहत वितरण गरेको छ ।
मधेशी युथ संस्थाको सहयोगमा उत्त संस्थाले बाढीपिडित स्थलमा आई ती परिवारलाई राहत स्वरुप ओछ्याउने म्याट र झुल वितरण गरेको हो । संस्थाका पुर्वाञ्चल संयोजक रन्धिर चौधरी, झापा, मोरङ, सुनसरीका संयोजक अमृत राजवंशी, संस्थाका सदस्य सिवेन्द्र कर्ण, दिपेन्द्र सिंह, सहयोगी राकेश रोशन यादव र विजय यादवसहित नेपाली कांग्रेसका महासमिति सदस्य फुलवत्ती राजवंशी, जनप्रतिनिधि हेमा आचार्य, उदिम राई, पत्रकार आत्माराम राजवंशी, खुल्ला दिशा मुत्त क्षेत्र कार्यक्रमका संयोजक रविन राजवंशी लगायतको उपस्थितीमा राहत वितरण गरिएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७४, शुक्रबार  ११ : ४८ बजे