७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

रक्षक सञ्जाल विराटनगरको चासो


३ भाद्र २०७४, शनिबार  

0
Shares

Press Statement
गौरीगंज / तराई मानव अधिकार रक्षक सञ्जाल विराटनगरले साउन २७ गतेदेखि परेको अविरल वर्षाका कारण ज्यान गुमाएको, विस्थापित तथा घरबारविहिन परिवारलाई सरकारले राहत दिन नसकेको भन्दै आज ध्यानाकर्षण गराएको छ । सञ्जालले एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्वी तराईका सप्तरी, झापा, मोरंग, सुनसरीलगायतका जिल्लाहरुमा बाढीले हजारौं घर परिवार विस्थापित भएको र ज्यान गुमाएकालाई तत्काल राहत दिनसमेत माग गरेको छ । पुर्व तराई क्षेत्रिय विराटनगरका अमृत राजवंशीको हस्ताक्षरित विज्ञप्तिमा विस्थापित परिपार, ज्यान गुमाएका र पाढीपिडित परिवारलाई गाँस, बाँस, कपास र स्वास्थ्यको राहत दिनुपर्ने जोड दिदै सबै गैह्र सरकारी संघ संस्था, राजनीतिक दल, समाजसेवीले यसमा सहयोग गर्न अपिलसमेत गरेको छ । सञ्जालले बाढि प्रवाहित क्षेत्रहरुमा अनुगमन र निरीक्षण गरी राहत समग्रीसमेत वितरण गर्दै आएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७४, शनिबार  ११ : १२ बजे