१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राहत पाएपछि स्थानियवासी खुशी


३ भाद्र २०७४, शनिबार  

0
Shares

rahat1

गौरीगंज / गौरीगंज गाउँपालिकाको वार्ड नं. ५ श्यामटोलीमा रतुवा खोलाले गरेको कटान क्षेत्रलाई जनताको तटबन्द आयोजना माइधार गैंडेका ईन्जिनियर महेन्द्र महासेठको टोलीले आज निरीक्षण गरेको छ । नेपाली कांग्रेस महासमिति सदस्य फुलवत्ती राजवंशीको नेतृत्वमा गएको टोलीले रतुवा खोलाको कटान न्युणीकरण गर्नका लागि श्यामटोलीमा तत्काल राहत स्वरुप १६ सय बोरा तटबन्धन गर्न उपलब्ध गराएको छ । तत्काल कटान रोक्न यो राहत उपलब्ध गराएपनि यसको दीर्घकालीनरुपमा रोकथामका लागि पहल गर्ने महासमिति सदस्य फुलबत्ती राजवंशीले बताइन । राहत पाएपछि खुशीले हौसिएका स्थानियबासीहरुले बोरामा माटो भर्ने र बाँसको बेरा स्वयं आफैहरुले व्यवस्था गर्ने बताएका थिए । कटान क्षेत्रमा स्थलगत पुगेका महासमिति सदस्य फुलवत्ती राजवंशी, इन्जिनियर महेन्द्र महासेठ, वार्ड नं. ६ का अध्यक्ष बद्रीनारायण यादव, वडा सदस्य राजेन्द्र ताजपुरिया, शिक्षक विष्णु राजवंशी, पत्रकार आत्माराम राजवंशीलगायतको टोलीले तटबन्धन गर्न स्थानीयबासीलाई प्रोत्साहन दिएका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०७४, शनिबार  १० : ५२ बजे