१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाढीले गौरीगंज वडा नं. २ का ५ घर विस्थापित


२७ श्रावण २०७४, शुक्रबार  

0
Shares

badi

झापा , २७ साउन / दुई दिनदेखिको अबिरल वर्षाका कारण झापाका करिब ६७० घरपरिवार जोखिममा परेका छन् ।वर्षाले जिल्लाका विभिन्न नदी खोलामा आएको बाढीले जमिन कटान गरेर बस्तीमा पानी पसेकाले ती घरपरिवारको बसोबास जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी जिल्ला विपद् व्यवस्थापन शाखाले जनाएको छ । गौरीगञ्ज गाउँपालिका–२ कोरोबारीस्थित पिण्डाघुट्टामा कनकाई नदीको बाढी बस्तीमा पस्दा आज पाँच घरपरिवार विस्थापित भएका छन् । विस्थापित हुनेहरुमा छमी हास्दा, सोम मर्डी, मंगल मुर्मु, मुन्सी मुर्मु र साइला मुर्मु छन् ।उनीहरुमध्ये छमी हास्दाको घर बाढीले पूर्णरुपमा नष्ट गरेको छ । विस्थापित उनीहरुलाई स्थानीय आमगाछी आधारभूत विद्यालयमा राखिएको रेडक्रसका जिल्ला सभापति लोकराज ढकालले जानकारी दिए । त्यस्तै, गौरिगञ्ज– १ साविक महारभारा– ९ मा कनकाई नदीमा आएको बाढीले जमिन कटान गर्दा करिब ६०० घरपरिवार जोखिममा परेका छन् भने कमला र बनियानी नदीमा आएको बाढी गौरिगञ्ज– १ महाभारास्थित सुकुम्वासी बस्तीमा पस्दा २० परिवार विस्थापित भएका छन् । मेचीनगर नगरपालिका– १५ स्थित सेडाइ बस्तीमा निन्दा खोलामा आएको बाढीले जमिन कटान गर्दा ४५ घरपरिवार जोखिममा परेका विपद् व्यवस्थापन शाखाका कर्मचारी अभिषेक पौडेलले जानकारी दिए ।कनकाई नदीमा खतराको घण्टीअबिरल वर्षाका कारण कनकाई नदीमा पानीको बहाव उच्च हुँदा खतराको घण्टीबजाइएको छ । आज बिहान कनकाई नदीमा पानीको बहाब ४ दशमवल १ पुगेपछि खतराको घण्टी बजाइएको हो ।विपद् व्यवस्थापन शाखाका पौडेलकाअनुसार कनकाई नदीमा पानीको बहाव ३ दशमलव ७ भन्दामाथि हुँदा खतरा हुने सम्भावना हुन्छ । आज दिउँसो कनकाई नदीमा पानीको बहाव मापन गर्दा ३.५ पुगेको उनले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७४, शुक्रबार  १० : ४५ बजे