१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापामा कांग्रेसले समावेशी रुपमा उम्मेदवार उठायो ३ वटामा राजवंशी समुदायबाट उम्मेदवार


२० जेष्ठ २०७४, शनिबार  

0
Shares

fulbati 1
गौरीगंज / नेपाली कांग्रेसले झापामा समावेशी रुपमा उम्मेदवारको तय गरेको छ । कांग्रेसले जिल्लामा सबै जाती समुदायको प्रतिनिधित्व हुने गरी उम्मेदवारी टुंगो लगाएको हो ।
झापाका कुल १५ वटा स्थानीय तहमध्ये एउटा गाउ“पालिको प्रमुखमा महिलालाई उठाइएको छ । झापाको राजवंशी आदिवासी समुदायबाट ३ वटा प्रमुख पदमा उम्मेदवारी दिइएको छ भने मधेसी समुदायबाट २ वटा स्थानीय तहकोे प्रमुखमा उम्मेदवारी दिइएको छ । पहाडे जनजातिबाट समुदायबाट ४ वटा स्थानीय तहमा उम्मेदवारी दिने कांग्रेसको निर्णय छ । १५ वटा स्थानीय तहमध्ये ६ वटा नगरपालिकाका प्रमुख आर्यन समुदायबाट उम्मेदवारी दिइएको छ ।
गौरीगंज गाउ“पालिकाको कांग्रेसले अध्यक्षमा महिलालाई प्रमुख पदमा उठाएको छ । त्यहा“ फुलवती राजवंशीले अध्यक्षको टिकट पाएकी छन् भने उपाध्यक्षमा दिपेन्द्र थापालाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ । त्यसैगरी बाह्रदशी गाउ“पालिकामा प्रमुख र उपप्रमुखमा दुबैजना राजवंशी समुदायबाट उठाइएको छ । त्यहा“ प्रमुखमा खड्ग प्रसाद राजवंशी र उपप्रमुखमा रत्ना राजवंशीलाई उम्मेदवारी बनाएको छ भने कचनकबल प्रमुखमा कालेन्द्र प्रसाद राजवंशी र उपप्रमुखमा गीता ओडारी खरेललाई उम्मेदवार बनाएको छ । झापा गाउ“पालिकामा जयनारायण साह र बसुन्धुरा थपलियालाई क्रमशः अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाएको छ । दमक नगरपालिका कांग्रेसले मेयरमा ढुण्डीराज भण्डारी र उपमेयरमा रेगिना भटट्राईलाई उम्मेदवार बनाएको छ । त्यसैगरी विर्तामोड नगरपालिकाको मेयरमा जलकुमार गुरुङ्ग र पार्वत गिरीलाई उम्मेदवार बनाएको छ । भद्रपुर नगरपालिकाको मेयरमा गणेश पोख्रेल र तारादेवी भुर्तेललाई उम्मेदवार बनाएको छ । कन्काई नगरपालिकाको मेयरमा एकराज उप्रेती र उपमेयरमा कविता बस्नेत उम्मेदवार बनेका छन् । त्यस्तै गौरादह नगरपालिकाको मेयरमा रोहित कुमार साह र उपमेयरमा सुमित्रा खरेल उम्मेदवार बनेका छन् । शिवसताक्षी नगरपालिकाको मेयरमा पर्शुराम ढुंगाना मेयर र जयकुमारी चेम्जोङ्ग उपमेयरको उम्मेदवारी बनाएको छ । अर्जुनधारा नगरपालिकामा कांग्रेसले हेमराज खरेल र उपमेयरमा सरस्वती सिटौलालाई उम्मेदवार बनाएको छ । े
कांग्रेसले कमल गाउपालिकामा हुकुमसिंह राईलाई अध्यक्षमा तथा उपमेयरमा दीपा गौतमलाई उपाध्यक्ष पदमा उठाइएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७४, शनिबार  ११ : ३० बजे