१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंजमा निर्वाचन कार्यालय स्थापना


१५ जेष्ठ २०७४, सोमबार  

0
Shares

matpetika
गौरीगंज / गौरीगंग गाउ“पालिकामा जेठ ३१ हुने निर्वाचन सम्पन्न गर्न आज गौरीगंजमा निर्वाचन कार्यालको स्थापना गरिएको छ । निर्वाचन अधिकृत भिम प्रसाद तिवारीको नेतृत्वमा ९ सदस्य निर्वाचन टोली खटी आएको आज निर्वाचन सम्बन्धि आयोजित कार्यक्रममा जानकारी गराइएको थियो । निर्वाचनलाई भयरहति, शान्तिपुर्वक तथा निष्पक्षरुपमा सम्पन्न गर्न निर्वाचन अधिकृत तिवारीले सवै राजनीतिक दलका प्रतिनिधीहरुलाई आग्रह गरेका थिए । मतदान केन्द्रहरुबाट जेठ २७ गतेदेखि ३० गते सम्म मतदाता परिचय पत्र वितरण गरिने जानकारी गराइएको थियो । मतपत्र वदर नहुन निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम स्वयंसेविका मार्फत घर घरमा खटाइएको र यस कार्यमा राजनैतिक दलहरुले पनि आफ्ना कार्यकर्तालाई परिचालन गर्न अधिकृत तिवारीले आग्रह गरेका थिए । झापामा निर्वाचन कार्यालयमा ३१ वटा दल दर्ता रहेको समेत जानकारी गराइएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७४, सोमबार  १ : १९ बजे