१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गायक बलबहादुर टप फाइबमा


१३ चैत्र २०७३, आइतबार  

0
Shares

balbahadur photo

गौरीगंज / राप्ती समाज काठमाण्डौले बर्षेनी प्रदान गर्दै आएको राप्ती म्युजिक अवार्डको नोमिनेशनमा उदयीमान गायक बलबहादुर राजबंशी टप फाइब सेलेक्सन भित्र पर्न सफल भएका छन् । उनको पहिलो नेपाली गीत ‘तिम्ले त अन्तै मुटु’ बोलको गित सर्वोत्कृष्ट टप फाइबमा पर्न सफल भएको हो । काठमाण्डुस्थित पर्यटन बोर्डको सभाहलमा हिजो राप्ती समाजद्वारा आयोजित एक समारोहमा उनलाई सर्वोत्कृष्ट उदयीमान गायक सुगम संगितको टप फाइबमा पर्न सफल भएको प्रमाण पत्र प्रदान गरिएको थियो । झापाको गौरीगंज घर भएका गायक बलबहादुर यसअघि कोच राजबंशी भाषामा बेदना भाग १,२ र ३ गरि जम्मा ३ वटा एलबम बजारमा ल्याइसकेका छन् । म्युजिक अवार्डको यो पाचौ संस्करण हो । यस पटक राप्ती समाजले गीत संगीतका बिभिन्न ३२ वटा विधामा अवार्ड प्रदान गर्दैछ । हिजो ३२ वटै बिधाका टप फाइबहरुको नाम घोषणा गरेको राप्ती समाजले अडियन्सको भोटिङ् र जुरिको मतका आधारमा आउदो चैत २८ गते राष्ट्रिय नाच घर जमलमा भब्य कार्यक्रमको आयोजना गरी बिजेताहरुलाई अवार्ड प्रदान गर्नेछ । यस अवार्डका लागि गायक बलबहादुर राजवंशीलाइ जिताउन मोबाइलको म्यासेज बक्समा RMA space 106 टाइप गरि ३४२४३ मा पठाउन सकिने छ ।

प्रकाशित मिति : १३ चैत्र २०७३, आइतबार  १० : ४१ बजे