३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

राजवंशी ताजपुरिया सांस्कृतिक पर्यटन महोत्सब हुने


१९ माघ २०७३, बुधबार  

0
Shares

mahotasav1

गौरीगंज / झापाको गौरीगंजमा राजवंशी ताजपुरिया संस्कृतिक पर्यटन महोत्सब आयोजना गरिने भएको छ । राजवंशी ताजपुरिया संस्कृति पर्यटन महोत्सब समितिको आयोजना तथा राजवंशी समाज विकाश समिति, ताजपुरिया समाज कल्याण परिषद, गौरिगंज गा.वि.स., झापा उद्योग बाणिज्य संघ साखा गौरीगंज खजुरगाछी र लोक सेवा सदन गौरीगंजको सहप्रायोजनमा फागुन ७ गते देखि १६ गते सम्म आयोजना गरिने महोत्सवमा झापा मोरङ्ग सुनसरी मा बसोबास गर्ने राजवंशी ताजपुरियाका साथै भारतको आसाम र विहारका राजवंशी ताजपुरियाहरु महोत्सबमा सहभागी हुने आज राखिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । सम्मेलनमा राजवंशी र ताजपुरिया जातिका संस्कृति , परम्परा, रहन सहन, चाड पर्व अनुसारका खान पिन, ऐतिहासीक तथा पौराणीक लोप हुन लागेका सामाग्रीहरु प्रर्दशनिका साथै राष्टिय तथा अन्तराष्टिय कलाकारहरुबाट जातिय संस्कृति कला आदिवासी नृत्य, खेल, बालउद्यानसमेत प्रर्दशनि गरिने जानकारी गराइएको छ । महोत्सवका क्रममा धार्मिक तथा जातिय परम्परा अनुसार विहेवारी नगरेका तर केटा केटी (वेहुला वेहुली) संगै घरजम गरी बसेका जोडीलाई विहेवारीसमेत गरिने महोत्सवका संचार संयोजक आत्माराम राजवंशीले बताए । महोत्सवमा राजवंशी ताजपुरिया जातिको घरेलु उत्पादन झल्ला, पेटानी, झोला जस्ता सामानहरुको किनबेचका लागि स्टल राखिने जनाइएको छ । २४ वटा व्यापारिक स्टल र घरेलु उत्पादनका स्टलहरु अलग – अलग राखिने छ । कार्यक्रमका संयोजक देवी प्रसाद राजवंशीको सभापतित्वमा सम्मपन्न पत्रकार सम्मेलनमा सह संयोजक गंगाराम ताजपुरिया , पूर्व गाविस अध्यक्षहरु विश्वराज रिजाल , घनश्याम रिजाल झापा उद्योग बाणिज्य संघ साखा गौरीगंज अध्यक्ष मखना महतो, गौरीगंज क्याम्पस प्रमुख सर्वतलाल राजवंशी लगायतले महोत्सव आयोजना गर्नुको औचित्य माथि प्रकाश पारेका थिए भने संचालन गंगा राजवंशीले गरेका थिए ।

प्रकाशित मिति : १९ माघ २०७३, बुधबार  १० : ४५ बजे