३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

झापामा यस्तो बन्यो वडा विभाजन


११ माघ २०७३, मंगलबार  

0
Shares

jhapa

झापा ११ , माघ / झापामा स्थानीय तहको पुनसंरचना समितिले सबै गाँउपालिका र नगरपालिकाको समायोजन खाका ल्याएको छ ।

मेचीनगर, विर्तामोड र दमक नगरपालिकाको यसअघि नै समितिले वडा समायोजनको निक्र्यैल सार्वजनिक गरेपछि जिल्लाका थप गाँउपालिका र नगरपालिकाको वडा तहसम्मको समायोजन बाहिर ल्याएको हो ।

अर्जूनधारा नगरपालिका

खुदुनाबारी र शनिअर्जुन नगरपालिका समायोजन गरि बनेको अर्जूनधारा नगरपालिकामा ११ वटा वडा बन्ने भएका छन ।

अर्जूनधारा नगरपालिकामा पहिलेको खुदुनाबारी १ र २ वडालाइ १ नं., वडा ३, ४ र ५ लाइ २ नं., वडा, ६, ७, ८ र ९ वडालाई मिसाएर ३ नं. वडा बनाइएको छ ।

त्यस्तै शनिअर्जूनको ३ लाई ४ नं. वडा, ४ र ६ लाई ५ नं. वडा, ५ लाई ६ नम्वर वडा, २ लाई ७ नम्वर वडा, १ लाई ८ नम्वर वडा, ७ लाई ९ नम्वर वडा, ९ लाई १० र शनिअर्जून ९ लाई ११ नम्बर वडा बनाइएको छ ।

गौरादह नगरपालिका

यस्तै गौरादह नगरपालिकालाई ९ वटा वडामा विभाजन गरिएको छ । गौरादह १ र २ लाइ १ नं. वडा, ३ लाई २ नं. वडा, ४ लाई ३ नं. वडा, ५ र ६ लाई ४ नं. वडा, ७ र ८ लाई ५ नं. वडा, ९ र १० लाई ६ नं. वडा, ११ र १२ लाई ७ नं. वडा, १३ लाई ८ नं. वडा र बैगुनधुराका सबै वडालाई ९ नं. वडामा कायम गरिएको छ ।

कचनकवल गाँउपालिका

यसतै कचनकवल गाँउपालिकालाई ६ वटा वडामा विभाजन गरिएको छ । जसमा घेराबारीलाई १, पथरियालाई २, केचनालाई ३, पाठामारीलाइ ४, बनियानीलाई ५ र बालुबाडीलाई ६ नं. वडामा विभाजन गरिएको जिल्ला विकास समिती झापाको प्राविधिक समितीले जानकारी दिएको छ ।

कमल गाँउपालिका

यता कमल गाँउपालिकालाई ७ वटा वडामा विभाजन गरिएको छ । जसमा तोपगाछीको १, २ र ९ नं. वडालाई १ नं. वडामा, ३ र ८ लाई २ नं. वडमा, ७ लाई ३ नं. वडमा, ४, ५ र ६ लाइ ४ नं. वडमा, लखनपुर १ लाई ५ नं. वडमा, २, ३ र ४ लाई ६ नं. वडमा र ५, ६, ७, ८ र ९ लाई ७ नं. वडमामा विभाजन गरिएको छ ।

हल्दिवारी गाँउपालिका

त्यसैगरि हल्दिवारी गाँउपालिकालाई ५ वटा वडामा विभाजन गरिएको छ । सोही अनुसार गोलधापलाई १ नम्बर वडा, हल्दिवारीलाई २ नं. वडमा, जलथलकोे १, २, ३ र ४ लाई ३ नं. वडमा, जलथलको ५, ६ र ७ लाई ४ नम्वर तथा ८ र ९ लाई ५ नं. वडामा विभाजन गरिएको छ ।

बुद्धशान्ति गाँउपालिका

बुद्धशान्ति गाँउपालिकालाई ७ वडामा विभाजन गरिएको छ । जसमा बुधवारे १, ३ र ६ लाई १ नं. वडमा, २, ४ र ५ लाइ २ नं. वडमा, ७, ८ र ९ लाई ३ नं. वडामा विभाजन गरिएको छ भने शान्तिनगर १ लाई ४ नं. वडामा, ३, ४ र ५ लाई ५ नं. वडामा २, ७, ८ र ९ लाई ६ नं. वडामा तथा शान्तिनगर ६ लाई ७ नम्वर वडामा विभाजन गरिएकोे छ ।

भद्रपुर नगरपालिका

भद्रपुर नगरपालिकालाई १० वटा वडामा विभाजन गरिएको छ । जसमा पृथ्वीनगर १, २, ७ र ८ लाई १ नं. वडा, ५, ६ र ३ लाई २ नं. वडा, पृथ्वीनगर ४ र भद्रपुर १ लाई ३ नं. वडा, भद्रपुर २ लाई ४ नं. वडा, ५ र ७ लाई ५ नं. वडा, ४ र ६ लाई ६ नं. वडा, ३, ९ र १५ वडालाई ७ नं. वडा, ८ र १९ लाई ८ नं. वडा, ११ र १२ लाई ९ नं. वडा तथा १३ र १४ लाई १० नं. वडामा विभाजन गरिएको छ ।

शिवसताक्षि नगरपालिका

यस्तै शिवसताक्षि नगरपालिकालाई भने ११ वटा वडामा विभाजन गरिएको छ । जस अन्तर्गत धरमपुरको ८ र ९ नम्बर वडालाई १ नम्बर वडा, ५, ६ र ७ लाई नं. २ नं. वडा, १, २, ३ र ४ लाई ३ नं. वडा, पाँचगाछीको १, ३, ४, ६ र ७ लाई ४ नं. वडा, २, ५, ८ र ९ लाई ५ नं. वडा, शिवसताक्षीको १ लाई ६ नं. वडा, २, ३ र ४ लाई ७ नं. वडा, ५ र ६ लाइ ८ नं. वडा, ८ लाई ९ नं. वडा, ९ लाई १० नं. वडा र ७ लाई ११ नं. वडामा विभाजन गरिएको हो ।

कन्काइ नगरपालिका

कन्काइ नगरपालिकाको सवै वडालाई यथास्थानमा राखिएको छ । तर झापाका पार्टीले खोलाबारी पारि भनि पठाएको खाका भने आयोगले यकिन गर्ने प्राविधिक समितीको जानकारी रहेको छ ।

झापा गाँउपालिका

यस्तै झापा गाँउपालिकालाई ७ वटा वडामा विभाजन गरिएको छ । कुमरखोदको १, २ ३ र ४ लाई १ नं. वडामा, ५, ६, ७ र ८ लाई २ नं. वडामा, टाघनडुव्वाको १, ९, ८, ७ र ५ लाई ३ नं. वडामा, २, ३, ४ र ६ लाई ४ नं. वडामा, शरणामतिको १, २ र ३ लाई ५ नं. वडामा, ४, ५ र ६ लाई ६ नं. वडामा, तथा ७, ८ र ९ लाई ७ वडामा विभाजन गरिएको छ ।

गौरीगन्ज गाँउपालिका

गौरीगन्ज गाँउपालिकालाई भने ६ वटा वडामा विभाजन गरिएको छ । महाभराका सबै वडालाई १ नं. वडामा, कोरोबारीका सबैलाई २ नं. वडामा, गौरीगन्ज ६, ७ र ८ लाई ३ नं. वडामा, १, २, ३, ४, ५ र ९ लाई ४ नं. वडामा, खजुरगाछीको १, २, ३, ४, ५ र ९ लाई ५ नं. वडामा ६, ७ र ८ लाई ६ वडामा विभाजन गरिएको छ ।

वाराणसी गाँउपालिका

यस्तै वाराणसी गाँउपालिकालाई ७ वडामा विभाजन गरिएको छ । राजगढ १, २ र ९ लाई १ नं. वडामा, ३, ४ र ५ लाई २ नं. वडामा, ६, ७ र ८ लाई ३ नं. वडामा, चकचकीको १, २, ३, ८ र ९ लाई ४ नं. वडामा, ४, ५, ६ र ७ लाई ५ वडामा विभाजन गरिएको छ । डाँगीवारीको ६, ७ र ८ लाई ६ नम्वर वडामा र २, ३, ९ र ५ लाई ७ नम्बरमा राखिएको छ ।

जिल्लाको दमक र विर्तामोड नगरपालिकालाई दश–दश वडामा विभाजन गरिसकिएको छ भने मेचीनगर नगरपालिकालाई भने १५ वडामा विभाजन गरिएको छ ।

जिल्ला विकास समितीले विरिङ्ग खोला र कन्काई माइ नदीको वारीपारीको केही वडालाई विगतमा नै आयोगमा पठाएकोले केही वडाको वडा विभाजन भने आयोगले गर्ने सक्ने प्राविधीक समितीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७३, मंगलबार  ७ : ४६ बजे