१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापामा १५ वटा स्थानीय निकाय रहने


२३ पुस २०७३, शनिबार  

0
Shares

aayog1

काठमाडौं, पुस २३ / स्थानीय निकायको पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ले ७१९ स्थानीय तहसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा आयोगका अध्यक्ष बालानन्द पौडेलले सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेमार्फत सरकारलाई सो प्रतिवदेन बुझाएका हुन्।

सरकारलाई बुझाइएको उक्त प्रतिवेदनमा चार महानगरपालिका, १२ उपमहानगरपालिका, २४१ नगरपालिका र ४६२ गाउँपालिका गरी ७१९ स्थानीय तहको व्यवस्था गरिएको छ भने वडाको सङ्ख्या छ हजार ५५३ रहेको छ ।

झापामा भने १५ वटा स्थानीय निकाय रहने छ । त्यसमा ८ नगारपालिका र ७ गाउपालिका रहने छ ।
मेचीनगर, दमक, कन्काई, भद्रपुर,अर्जुनधारा, शिवसताक्षी, गौरादह र विर्तामोड नगरपालिा रहने छ भने
गाउपालिकामा गौरीगंज, कमल, बाह्रदशी, झापा, बुद्घशान्ति, हल्दिबारी र केचनाकलन रहेको छ ।

अब स्थानीय निकायको हैसियत के हुन्छ ?
स्थानीय तह पुनर्संरचना आयोगले स्थानीय तहको संख्या र सीमा निर्धारण गरेपछि विद्यमान स्थानीय निकाय स्वतः विघटन हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ३०३ को उपधारा (१) अनुसार आयोगले स्थानीय तहको संख्या र सीमा निर्धारण भएपछि स्वतः स्थानीय निकाय विघटन हुनेछन् । तर, त्यसका लागि सरकारले राजपत्रमा प्रकाशित गरी आधिकारिकता भने प्रदान गर्नुपर्छ ।

आयोगको प्रतिवेदनपछि स्थानीय निकायको निर्वाचन भएमा निर्वाचित पदाधिकारी भूगोलविनाका हुनेछन् । ‘स्थानीय पुनर्संरचना आयोगले स्थानीय तहको सीमा र संख्या निर्धारण गरी प्रतिवेदन सरकारलाई बुझाएपछि सरकारले राजपत्रमा प्रकाशित गर्नुपर्ने हुन्छ र त्यसपछि स्वतः कार्यान्वयनमा जाने भएकाले स्थानीय निकाय रहँदैन,’ आयोग सदस्य सुनीलरञ्जन सिंहले भने । उनका अनुसार त्यस्तो अवस्थामा स्थानीय निकायको निर्वाचन भए पनि ती पदाधिकारी भूगोलविनाका हुनेछन् ।

निर्वाचन नभए राष्ट्रिय सभा गठनमा समस्या
सरकारले स्थानीय तहको निर्वाचन नगरी स्थानीय निकायको निर्वाचन गरेमा राष्ट्रिय सभा गठन गर्न समस्या हुनेछ । संविधानको धारा ८६ को उपधारा २ को ‘क’ मा राष्ट्रिय सभाका सदस्यको निर्वाचमा स्थानीय तहअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था छ । साथै, राष्ट्रिय सभा गठन नभए संघीय संसद् पूर्ण हुनेछैन । संघीय संसद् र प्रदेश सभाका सदस्यको राष्ट्रपति निर्वाचित गर्न पनि समस्या हुनेछ । संविधानको धारा ६२ अनुसार राष्ट्रपति निर्वाचन संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ ।

छलफलमा ५० हजार जनताको सहभागिता
स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलका अनुसार प्रतिवेदन तयार गर्ने क्रममा देशभरिका करिब ५० हजार नागरिकसँग अन्तक्र्रिया गरिएको थियो । ७५ वटै जिल्लामा गठित जिल्ला प्राविधिक समन्वय समितिले सुझावका लागि अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

१७१८ पृष्ठको प्रतिवेदन
आयोगले तयार गरेको स्थानीय तहसम्बन्धी प्रतिवेदन एक हजार ७ सय १८ पृष्ठको छ । सात सय १९ वटा स्थानीय तहको नक्सासहितको प्रतिवेदन तयार गरिएको छ । नीलो रङको गाताले ढाकिएको प्रतिवेदन नेपाली कागजमा तयार छ ।

प्रतिवेदन १६ भागको
आयोगले तयार गरेको प्रतिवेदन १६ भागमा विभाजित छ । प्रतिवेदन एउटै पुस्तकाकारका रूपमा तयार गर्दा धेरै ठूलो हुने भएकाले आयोगले प्रतिवेदनलाई १६ भागमा विभाजन गरी तयार गरिएको पौडेलले बताए । एक भागलाई एउटा पुस्तकाकार रूप दिइएको छ ।

१८ भौगर्भिक सूचना प्रणालीका प्राविधिक
आयोगले स्थानीय तहको संख्या र सीमा निर्धारण गर्नेक्रममा १८ जना भौगर्भिक सूचना प्रणाली इन्जिनियरलाई सहभागी गराएको थियो । भूमिसुधार मन्त्रालयअन्तर्गतको नापी विभागसँग नयाँ नापनक्सा नभएका कारण आयोगले आफैँ प्राविधिक सहभागी गराएर अध्ययन गरेको हो ।

काठमाडौंभन्दा पोखरा ठूलो महानगर
आयोगले तयार गरेको प्रतिवेदनअनुसार काठमाडौं महानगरभन्दा कास्कीको पोखरा महानगर ठूलो भएको छ । काठमाडौं महानगरमा ३२ र पोखरामा ३३ वटा वडा छन् । स्थानीय निकाय कायम रहँदा काठमाडौं महानगरमा ३५ वडा छन् । चितवनको भरतपुर र ललितपुर महानगरमा २९ वडा छन् ।

दुई जिल्ला गाउँपालिकाविहीन
काठमाडौं र भक्तपुर जिल्लामा गाउँपालिका छैनन् । भक्तपुरमा चारवटा नगरपालिका छन् । काठमाडौंमा आठवटा नगरपालिका र एउटा महानगरपालिका छन् । विद्यमान संरचनामा पनि यी जिल्ला गाउँ विकास समितिविहीन भएका छन् ।
एक सदस्यको फरक मत

आयोगका सदस्य सुनीलरञ्जन सिंहले प्रतिवेदनमा फरक मत राखेका छन् । प्रतिवेदनमा फरक मतसहित हस्ताक्षर गरेका सिंहले पाँचवटा बुँदामा असहमति जनाएका हुन् । ४ कात्तिकको स्थानीय तहको पुनर्संरचना प्राविधिक सहयोग समितिको कार्यसर्तमा सिंहले असहमति जनाएका हुन् । सोही कार्यसर्तअनुसार काम अगाडि बढाइ गाउँपालिका र नगरपालिका, संरक्षित, विशेष र स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गरेकोप्रति उनको असहमति छ ।

त्यसैगरी, सिंहले गाउँपालिका र नगरपालिकाको संख्या तराई मधेस र थरुहट क्षेत्रमा जनसंख्याका आधारमा निर्धारण नगरिएकोप्रति पनि असहमति जनाएका छन् । पहिले तराईमा स्थानीय निकाय ३१ प्रतिशत पर्दथे भने अहिले स्थानीय तहको संख्या ३५ प्रतिशत पुगेको छ । तराई मधेस र थरुहट पहाडी क्षेत्रका केही जिल्लाका गाउँपालिका र नगरपालिकाका पहाडी जिल्लाको मापदण्डअनुसार नगरिएको र विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण नभएको र २ नम्बर प्रदेशको संख्याप्रति पनि उनको असहमति छ ।

गाउँ र नगरपालिका कुन जिल्लामा कति ?

12

सुनसरी : १२
उपमहानगरपालिका (२) ः इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका
नगरपालिका (४) ः इनरुवा नगरपालिका, दुहबी नगरपालिका, रामधुनी नगरपालिका, बराह नगरपालिका
गाउँपालिका (६) ः देवानगन्ज गाउँपालिका, कोसी गाउँपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका, भोक्राहा गाउँपालिका, हरिनगरा गाउँपालिका

बारा : १३
उपमहानगरपालिका (१) ः सिमरा जितपुर उपमहानगरपालिका
नगरपालिका (५) ः कोल्हाबी नगरपालिका, कलैया नगरपालिका, सिम्रोनगढ नगरपालिका, महागढीमाई नगरपालिका, निजगढ नगरपालिका
गाउँपालिका (७) ः देवताल गाउँपालिका, परवानीपुर गाउँपालिका, बारागढी गाउँपालिका, फेटा गाउँपालिका, प्रसौनी गाउँपालिका, कोटवाल गाउँपालिका, पचरौटा सतमौजा गाउँपालिका

पर्सा : ११
उपमहानगरपालिका (१) ः वीरगन्ज उपमहानगरपालिका
नगरपालिका (१) ः पोखरिया नगरपालिका
गाउँपालिका (९) ः जगनाथपुर गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, सुवर्णपुर गाउँपालिका, धोबीनी गाउँपालिका, विश्रामपुर गाउँपालिका, पकाहा मैनपुर गाउँपालिका, बलेवा प्रसौनी गाउँपालिका, हरपुर गाउँपालिका

रौतहट : १५
नगरपालिका (३) ः चन्द्रपुर नगरपालिका, गौरनगरपालिका, गरुडा नगरपालिका
गाउँपालिका (१२) ः भीनक गाउँपालिका, भगवती गाउँपालिका, बैधीमाई गाउँपालिका, बिजयपुर गाउँपालिका, परोहा गाउँपालिका, गढीमाइ गाउँपालिका, गजरा गाउँपालिका, कटहरिया गाउँपालिका, ईशनाथ गाउँपालिका, मौलापुर गाउँपालिका, वृन्दावन गाउँपालिका, राजपुर गाउँपालिका

सप्तरी : १२
नगरपालिका (६) ः पातो नगरपालिका, सप्तकोशी
कञ्चनरुप नगरपालिका, हनुमाननगर योगिनीमाई नगरपालिका, राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका, बरसाइन
गाउँपालिका (६) ः सुमङ गाउँपालिका, मोहली गाउँपालिका, तोपा गाउँपालिका, बेल्ही चपेना गाउँपालिका, खडक गाउँपालिका, छिन्नमस्ता गाउँपालिका

महोत्तरी: १३
नगरपालिका (३) ः बर्दिबास नगरपालिका, जलेश्वर नगरपालिका, गौशाला
नगरपालिका
गाउँपालिका (१०) ः सोनमा गाउँपालिका, सम्सी गाउँपालिका, लोहरपट्टी गाउँपालिका, रामगोपालपुर गाउँपालिका, मनरा गाउँपालिका, मटिहानी गाउँपालिका, भंगाहा गाउँपालिका, बलवा गाउँपालिका, औरही गाउँपालिका, पिपरा गाउँपालिका, एकडारा गाउँपालिका

धनुषा : १३
उपमहानगरपालिका (१) ः जनकपुर उपमहानगरपालिका
नगरपालिका (८) ः गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, योगीबाबा नगरपालिका, सहिदनगर
नगरपालिका, सप्तऋषि नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, मिथिला
नगरपालिका, नगराइन नगरपालिका
गाउँपालिका (४) ः जमुनी गाउँपालिका, मिथिला बिहारी गाउँपालिका, हंसपुर गाउँपालिका,कमला सिद्धिदात्री गाउँपालिका

सर्लाही : १६
नगरपालिका (८) ः हरिपुर्वा नगरपालिका, श्रीनगर सागरनाथ नगरपालिका, बरहथवा नगरपालिका, बलरा नगरपालिका, हरिपुर नगरपालिका, लालबन्दी नगरपालिका, मलंगवा नगरपालिका, हरिवन नगरपालिका
गाउँपालिका (८) ः कविलासी गाउँपालिका, कर्मैया गाउँपालिका, धनकौल पश्चिम गाउँपालिका, चन्द्रनगर गाउँपालिका, विष्णु गाउँपालिका, बेल्ही गाउँपालिका, गोडैता गाउँपालिका, रामनगर बहुअर्वा गाउँपालिका

सिरहा : १२
नगरपालिका (६) ः गोलबजार
नगरपालिका, धनगढीमाई नगरपालिका, मिर्चैया नगरपालिका, लहान नगरपालिका, सिराहा नगरपालिका, सुखीपुर नगरपालिका
गाउँपालिका (६) ः औरही गाउँपालिका, कर्जन्हा गाउँपालिका, कल्याणपुर जब्दी गाउँपालिका, विष्णुपुर प्रम गाउँपालिका, भगवानपुर गाउँपालिका, महेशपुर पतारी गाउँपालिका

भक्तपुर : ४
नगरपालिका (४) ः चाँगुनारायण
नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका

रामेछाप : ८
नगरपालिका (२) ः मन्थली नगरपालिका, रामेछाप नगरपालिका
गाउँपालिका (६) ः उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्बा गाउँपालिका, लिखु गाउँपालिका, सुनापति गाउँपालिका

सिन्धुपाल्चोक : १२
नगरपालिका (३) ः चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, मेलम्ची नगरपालिका
गाउँपालिका (९) ः इन्द्रावती गाउँपालिका, जुगल गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, बलेफी गाउँपालिका, भोटेकोसी गाउँपालिका, लिसंखु पाखर गाउँपालिका, सुनकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका

सिन्धुली : ९
नगरपालिका (२) ः कमलामाई
नगरपालिका, दुधौली नगरपालिका
गाउँपालिका (७) ः गोलन्जर गाउँपालिका, घ्याङलेख गाउँपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, मरिण गाउँपालिका, सुनकोसी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका

काभ्रेपलान्चोक : १३
नगरपालिका (६) ः धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, नमोबुद्ध
नगरपालिका, मण्डन नगरपालिका
गाउँपालिका (७) ः खानीखोला गाउँपालिका, चौँरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, बेथानचोक गाउँपालिका, भुम्लु गाउँपालिका, महाभारत गाउँपालिका, रोसी गाउँपालिका

दोलखा : ९
नगरपालिका (२) ः जिरी नगरपालिका, भीमेश्वर नगरपालिका
गाउँपालिका (७) ः कालिञ्चोक गाउँपालिका, गौरीशंकर गाउँपालिका, तामाकोसी गाउँपालिका, मेलुङ गाउँपालिका, बिगु गाउँपालिका, बैतेश्वर गाउँपालिका, सैलुङ गाउँपालिका

धादिङ : १३
नगरपालिका (२) ः धुनीबेँसी नगरपालिका, नीलकण्ठ नगरपालिका
गाउँपालिका (११) ः खनियाबास गाउँपालिका, गजुरी गाउँपालिका, गल्छी गाउँपालिका, गंगाजमुना गाउँपालिका, ज्वालामुखी गाउँपालिका, थाक्रे गाउँपालिका, नेत्रावती गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका, रुबी भ्याली गाउँपालिका, सिद्धलेक गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका

रसुवा : ५
गाउँपालिका (५) ः उत्तरगया गाउँपालिका, कालिका गाउँपालिका, गोसाईँकुण्ड गाउँपालिका, नौकुण्ड गाउँपालिका, पार्वतीकुण्ड गाउँपालिका

काठमाडौं : ९
महानगरपालिका (१) ः काठमाडौं
महानगरपालिका
नगरपालिका (८) ः कागेश्वरी मनहरा नगरपालिका, कीर्तिपुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी
नगरपालिका, टोखा नगरपालिका,
तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका, बूढानीलकण्ठ नगरपालिका

नुवाकोट : १२
नगरपालिका (२) ः विदुर नगरपालिका, ककनी नगरपालिका
गाउँपालिका (१०) ः किस्पाङ गाउँपालिका, कोल्पु गाउँपालिका, तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, बेलकोटगढी गाउँपालिका, मेघाङ गाउँपालिका, शिवपुरी गाउँपालिका, सूर्यगढी गाउँपालिका

चितवन : ७
महानगरपालिका (१) ः भरतपुर
महानगरपालिका
नगरपालिका (५) ः कालिका नगरपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका
गाउँपालिका (१) ः इच्छाकामना गाउँपालिका

मकवानपुर : १०
उपमहानगरपालिका (१) ः हेटौँडा उपमहानगरपालिका
नगरपालिका (१) ः थाहा नगरपालिका
गाउँपालिका (८) ः इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका

ललितपुर : ६
महानगरपालिका (१) ः ललितपुर
महानगरपालिका
नगरपालिका (२) ः गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका
गाउँपालिका (३) ः कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका, महांकाल गाउँपालिका

बाग्लुङ : ९
नगरपालिका (४) ः गल्कोट नगरपालिका, जैमुनी नगरपालिका, ढोरपाटन नगरपालिका, बाग्लुङ नगरपालिका
गाउँपालिका (५) ः काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका, वरेङ गाउँपालिका

गोरखा : ११
नगरपालिका (२) ः गोरखा नगरपालिका, पालुङटार नगरपालिका
गाउँपालिका (९) ः आरूघाट गाउँपालिका, गण्डकी गाउँपालिका, चुमनुव्री गाउँपालिका, धार्चे गाउँपालिका, भीमसेन गाउँपालिका, सहिद लखन गाउँपालिका, सिरानचोक गाउँपालिका, सुलीकोट गाउँपालिका, अजिरकोट गाउँपालिका

कास्की : ५
महानगरपालिका (१) ः पोखरा लेखनाथ महानगरपालिका
गाउँपालिका (४) ः अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, मादी गाउँपालिका, रूपा गाउँपालिका

लमजुङ : ८
महानगरपालिका (४) ः बेसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका, राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका
गाउँपालिका (४) ः क्व्होलासोथार गाउँपालिका, दूधपोखरी गाउँपालिका, दोर्दीगाउँपालिका, मस्र्याङ्दी गाउँपालिका

मनाङ : ३
गाउँपालिका (३) ः चामे गाउँपालिका, नासो गाउँपालिका, नेस्याङ गाउँपालिका

मुस्ताङ : ५
गाउँपालिका (५) ः घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका, दालोमे गाउँपालिका, लोमन्थाङ गाउँपालिका, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका

म्याग्दी : ६
नगरपालिका (१) ः बेनी नगरपालिका
गाउँपालिका (५) ः अन्नपूर्ण गाउँपालिका, धौलागिरि गाउँपालिका, मंगला गाउँपालिका, मालिका गाउँपालिका, रघुगंगा गाउँपालिका

नवलपरासी : १५
नगरपालिका (७) ः कावासोती नगरपालिका नगरपालिका, गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, बर्दघाट नगरपालिका, मध्यबिन्दु नगरपालिका, रामग्राम नगरपालिका, सुनवल नगरपालिका
गाउँपालिका (८) ः त्रिवेणीसुस्ता गाउँपालिका, पाल्हीनन्दन गाउँपालिका, प्रतापपुर गाउँपालिका, बुङ्दीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका, विनयी गाउँपालिका, सरावल गाउँपालिका, हुप्सेकोट गाउँपालिका

पर्वत : ७
नगरपालिका (२) ः कुस्मा नगरपालिका, फलेवास नगरपालिका
गाउँपालिका (५) ः जलजला गाउँपालिका, पैयुँ गाउँपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका

स्याङ्जा : ११
नगरपालिका (५) ः गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका
गाउँपालिका (६) ः अर्जुनचौपारी गाउँपालिका, आँधीखोला गाउँपालिका, कालीगण्डकी गाउँपालिका, फेदीखोला गाउँपालिका, बिरुवा गाउँपालिका, हरिनास गाउँपालिका

तनहुँ : १०
नगरपालिका (४) ः भानु नगरपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका
गाउँपालिका (६) ः आँबुखैरेनी गाउँपालिका, रिसिङ गाउँपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका, म्याग्दे, गाउँपालिका बन्दीपुर गाउँपालिका

रूपन्देही : १६
उपमहानगरपालिका (१) बुटवल उपमहानगरपालिका
नगरपालिका (५) ः देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा, नगरपालिका
गाउँपालिका (१०) ः गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका

कपिलवस्तु : १०
नगरपालिका (६) ः कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका, कृष्णनगर नगरपालिका, वाणगंगा नगरपालिका
गाउँपालिका (४) ः मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिका, शुद्धोधन गाउँपालिका, विजयनगर गाउँपालिका

पाल्पा : १०
नगरपालिका (२) ः रामपुर नगरपालिका, तानसेन नगरपालिका
गाउँपालिका (८) ः निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दिकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका

अर्घाखाँची : ६
नगरपालिका (३) ः सन्धिखर्क नगरपालिका, शीतगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका
गाउँपालिका (३) ः छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका

गुल्मी : १२
नगरपालिका (२) ः मुसिकोट नगरपालिका, रेसुंगा नगरपालिका
गाउँपालिका (१०) ः कालीगण्डकी गाउँपालिका, गुल्मीदरबार गाउँपालिका,
सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका
रुरु गाउँपालिका, छत्रकोट गाउँपालिका, धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका,
मालिका गाउँपालिका, इस्मा गाउँपालिका

रोल्पा : १०
नगरपालिका (१) ः रोल्पा नगरपालिका
गाउँपालिका (९) ः त्रिवेणी गाउँपालिका, दुईखोली गाउँपालिका, माडी गाउँपालिका रुन्टीगढी गाउँपालिका, लुङग्री गाउँपालिका, सुकीदह गाउँपालिका, सुनछहरी गाउँपालिका, सुवर्णावती गाउँपालिका, थवाङ गाउँपालिका

प्युठान : ९
नगरपालिका (२) ः प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका
गाउँपालिका (७) ः गौमुखी गाउँपालिका, माण्डवी गाउँपालिका, सरुमारानी गाउँपालिका, मल्लरानी गाउँपालिका, नौवहिनी गाउँपालिका, झिमरुक गाउँपालिका, ऐरावती गाउँपालिका

दाङ : १०
उपमहानगरपालिका (२) तुल्सीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका
नगरपालिका (१) ः लमही नगरपालिका,
गाउँपालिका (७) ः बंगलाचुली गाउँपालिका, दंगीशरण गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई
गाउँपालिका

बाँके : ८
उपमहानगरपालिका (१) ः नेपालगन्ज उपमहानगरपालिका
नगरपालिका (१) ः कोहलपुर नगरपालिका
गाउँपालिका (६) ः नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका, जानकी गाउँपालिका

बर्दिया : ८
नगरपालिका (६) ः गुलरिया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, बासगढी नगरपालिका, बारबर्दिया नगरपालिका
गाउँपालिका (२) ः बढैयाताल गाउँपालिका, गेरुवा गाउँपालिका

रुकुम : ९
नगरपालिका (३) ः मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका
गाउँपालिका (६) ः पुथा उत्तरगंगा गाउँपालिका, भूमे गाउँपालिका, सिस्ने गाउँपालिका, बाँफिकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका, सानी भेरी गाउँपालिका

सल्यान : १०
नगरपालिका (३) ः शारदा नगरपालिका, बागचौर नगरपालिका, बनगाड कुपिन्डे नगरपालिका
गाउँपालिका (७) ः कालीमाटी गाउँपालिका, त्रिवेणी गाउँपालिका, कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, ढोरचौर गाउँपालिका, कुमाखमालिका गाउँपालिका, दार्मा गाउँपालिका

डोल्पा : ८
नगरपालिका (२) ः ठूली भेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका
गाउँपालिका (६) ः डोल्पो बुद्ध गाउँपालिका, से फोक्सुन्डो गाउँपालिका, जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका, काइके गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका

जुम्ला : ८
नगरपालिका (१) ः चन्दननाथ नगरपालिका
गाउँपालिका (७) ः कनकासुन्दरी गाउँपालिका, सिँजा गाउँपालिका, हिमा गाउँपालिका, तिला गाउँपालिका, गुठीचौर गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका

मुगु : ४
नगरपालिका (१) ः छायानाथ रारा नगरपालिका
गाउँपालिका (३) ः मुगुम कार्मारोंग गाउँपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका

हुम्ला : ७
गाउँपालिका (७) ः सिमकोट गाउँपालिका, नाम्खा गाउँपालिका, खार्पुनाथ गाउँपालिका, सर्केगाड गाउँपालिका, चंखेली गाउँपालिका, अदानचुली गाउँपालिका, ताँजाकोट गाउँपालिका

कालिकोट : ९
नगरपालिका (३) ः खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका
गाउँपालिका (६) ः पचालझरना गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, नरहरिनाथ गाउँपालिका, कालिका गाउँपालिका, महावै गाउँपालिका, पलाता गाउँपालिका

जाजरकोट : ७
नगरपालिका (३) ः भेरी नगरपालिका, छेडागाड नगरपालिका, त्रिवेणी नलगाड नगरपालिका
गाउँपालिका (४) ः बारेकोट गाउँपालिका, कुसे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, शिवालय गाउँपालिका

दैेलेख : ११
नगरपालिका (४) ः नारायण नगरपालिका, दुल्लु नगरपालिका, चामुन्डा बिन्द्रासैनी नगरपालिका, आठबिस नगरपालिका
गाउँपालिका (७) ः भगवतीमाई गाउँपालिका, गुराँस गाउँपालिका, डुंगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका, महाबु गाउँपालिका, भैरवी गाउँपालिका, ठाँटीकाँध गाउँपालिका

सुर्खेत : ९
नगरपालिका (५) ः वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका, लेकबेसी नगरपालिका
गाउँपालिका (४) ः चौकुने गाउँपालिका, बराहताल गाउँपालिका, चिङाड गाउँपालिका, सिम्ता गाउँपालिका

बाजुरा : ९
नगरपालिका (४) ः बडीमालिका नगरपालिका, त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका
गाउँपालिका (५) ः गौमुल गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका, छेडेदह गाउँपालिका, हिमाली गाउँपालिका

डोटी : ९
नगरपालिका (२) ः दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका
गाउँपालिका (७) ः पूर्वीचौकी गाउँपालिका, बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिका, केआइसिं गाउँपालिका, बोगटान गाउँपालिका

अछाम : १०
नगरपालिका (४) ः मंगलसेन नगरपालिका, कमलबजार नगरपालिका, साँफेबगर नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका
गाउँपालिका (६) ः चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका

दार्चुला : ९
नगरपालिका (३) ः महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन नगरपालिका
गाउँपालिका (६) ः अपिहिमाल गाउँपालिका, दुहुँ गाउँपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, लेकम गाउँपालिका, व्यास गाउँपालिका

बैतडी : १०
नगरपालिका (४) ः दशरथचन्द नगरपालिका,
पाटन नगरपालिका, मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका
गाउँपालिका (६) ः सुर्नया गाउँपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलासैनी गाउँपालिका

डडेल्धुरा : ७
नगरपालिका (२) ः अमरगढी नगरपालिका, परशुराम नगरपालिका
गाउँपालिका (५) ः आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका, नवदुर्गा गाउँपालिका, अजयमेरु गाउँपालिका, गन्यापधुरा गाउँपालिका

कञ्चनपुर : ९
नगरपालिका (७) ः भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका, वेदकोट नगरपालिका, महाकाली नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका
गाउँपालिका (२) ः बेलडाँडी गाउँपालिका, लालझाडी गाउँपालिका

कैलाली : १३
उपमहानगरपालिका (१) ः धनगढी उपमहानगरपालिका
नगरपालिका (६) टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका
गाउँपालिका (६) ः जानकी गाउँपालिका, बर्दगोरिया गाउँपालिका, मोहन्याल गाउँपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, चुरे गाउँपालिका

बझाङ : ११
नगरपालिका (२) जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका
गाउँपालिका (९) ः केदारस्युँ गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका, तलकोट गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका, मष्टा गाउँपालिका, बित्थडचिर गाउँपालिका, सुर्मा गाउँपालिका

प्रकाशित मिति : २३ पुस २०७३, शनिबार  ६ : २८ बजे