३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

बलिउड अभिनेता ओम पुरीको निधन


२२ पुस २०७३, शुक्रबार  

0
Shares

om

काठमाडौं २२, पुष / बलिउड अभिनेता ओम पुरीको शुक्रबार विहान निधन भएको छ। अति कडा हृदयघातको कारण उनको निधन भएको हो। उनी ६६ वर्षका थिए। द इण्डियन एक्सप्रेसलाई चलचित्रकर्मी एवं उनका निकट मित्र अशोक पण्डितले बताए अनुसार पुरीलाई हृदयघातले निधन गराएको हो। ‘आज विहान ओमजीलाई कडा खालको हृदयघात भएछ, हामी पुग्दा उहाँको निधन भइसकेछ।’

बलिउड मूलधारका अभिनेता पुरीले पाकिस्तानी, बेलायती तथा हलिउडमा समेत अभिनय गरेका थिए। भारतको प्रख्यात पुरस्कार पदमश्रीसमेत पाएका उनको अभिनयका करोडौं फ्यान छन्। उनका भवानी भवानी, सदगती, अर्धसत्य, मिर्चमसला, धरावी आदि चलचित्र अझै दर्शकको मानसपटलमा घुमिरहेको छ।

सन् १९५० अक्टोबर १८मा भारतको अंबालामा उनी एक पञ्जाबी परिवारमा जन्मिएका थिए। उनी आफ्नो अभिनय र संवादका कारण चर्चामा थिए। उनले पुणेमा रहेको ‘फिल्म एण्ड टेलिभिजन इन्टिच्युट अफ इन्डिया’बाट ग्राजुएशन गरेका थिए।
अम्रिस पुरी, स्मिता पटेललगायत बलिउडका कयौं हस्तिसँग काम गरेका पुरी अर्का चर्चित अभिनेता नसीरुद्दिन शाहका सहपाठी थिए।

उनको निधनले भारतीय फिल्म उद्योगमा एक ‘भेट्रान’ अभिनेताको अभाव खड्किने बलिउडका सिनेकर्मीहरुले प्रतिक्रिया दिएको खबर भारतीय समाचार संस्थाहरुले उल्लेख गरेका छन्।

प्रकाशित मिति : २२ पुस २०७३, शुक्रबार  ८ : १६ बजे