१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नाटकघर निर्माणमा सहयोग गर्न इन्द्रेणीका कलाकारको आग्रह


१ पुस २०७७, बुधबार  

0
Shares

बिर्तामोड १, पुस / लोक तथा दोहोरी गीतको चर्चित कार्यक्रम इन्द्रेणीका कलाकारले झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माणमा सहयोग गर्न आग्रह गरेका छन् ।
बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटकघरको अवलोकन तथा लोक तथा दोहोरी गीतको चर्चित कार्यक्रम इन्द्रेणी छायाङ्कन गर्न पुगेका इन्द्रेणीका कलाकारले यस्तो आग्रह गरेका हुन् ।  
इन्द्रेणीका कलाकारहरुलाई नौमती बाजा , च्याव्रुङ बाजागाजासहित नेवारी, लिम्वूलगायत विभिन्न साँस्कृतिक भेसभुषामा सजिएका झापालीहरुले स्वागत गरेका थिए ।
 कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल, कलाकारहरु छत्र शाही ,मनमाया बाइबा, कृष्ण बजगाईं , चर्चित उद्घोषक राजेश घतातीलगायतको टोलीलाई झापा नाटकघरमा भव्य स्वागत गरिएको थियो ।
देशका विभिन्न स्थानमा पुगेर स्थानीय संगीत र प्रतिभाहरुलाई समेत स्थान दिएर नेपाली लोकगीत संगीतको संरक्षण र प्रर्बद्धन गर्दै संगीतमार्फत् असहाय एवं पिछडीएका मानिसलाई सेवा पनि गर्ने आफ्नो उद्धेश्य बमोजिम बिर्तामोड–१ मा रहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटकघरमा कार्यक्रम गरिएको कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले बताए ।
क्षितिज नाट्य समूह झापाको अगुवाईमा निर्माणाधीन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटकघरलाई नेपालकै नमूना नाटकघर बनाउन आफू  लागिपर्ने बताउँदै यसमा सहयोग गर्न देश विदेशमा रहेका नेपालीलाई आग्रह गरे ।
  झापा नाटक घर निर्माण ब्यबस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितको शब्द रचना र गोबिन्द रहपालको संगितमा क्षितिज संगित साधना प्रतिष्ठान झापाका कलाकारहरुले स्वागत गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा  इन्द्रेणीका कलाकार,  नेपाल लोक दोहोरी प्रतिष्ठान झापाका   अध्यक्ष अच्युत दाहाल , सरगम संगीतालयका कलाकार , क्षितिज संगित साधना प्रतिष्ठान झापाका कलाकारहरु , गन्धर्वको समूहलगायतले  मेरो टोपी ,रेङ्के बुङ्को राँगोलाई लगायतका गीत प्रस्तुत गरेका थिए ।  
सोही कार्यक्रममा कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल, चर्चित उद्घोषक राजेश घतातीले गन्धर्वको समूहलाई १५ हजार रुपैयाँ सहयोग गरेका थिए ।  
 कार्यक्रममा  झापा क्षेत्र नंं. २ कि साँसद पबित्रा निरौला खरेल , साँसद बिमला बिक , प्रदेश साँसद एकराज कार्की लगायतले इन्द्रेणी परिवारले  झापा नाटक घर निर्माणस्थलमै आएर देखाएको सद्रभावप्रति धन्यवाद दिँदै बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माणमा सहयोग गर्न सवैलाई आग्रह गरेका थिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाकी  उपमेयर पबित्रा महतारा प्रसाईं ,बिर्तामोड नगरपालिकाका  कार्यकारी  अधिकृत गणेश दहाल , बिर्तामोड  बडा नंं. १ का अध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नं. २ का अध्यक्ष नगेन्द्र प्रसाद संगौला ,  वडा नं. ३ का अध्यक्ष भोजराज सिटौला ,बडा नं. ५ का अध्यक्ष  राजेन्द्रप्रसाद लिङ्देन, बिर्तामोड उद्योग बाणिज्य  संघकी उपाध्यक्ष ,पार्वता खरेल बिमली, नेपाल अलैंची व्यवसायी महासंघका महासचिव  सुवास भट्टराई , झापा नाटकघरका लागि सल्लाहकार समितिका सदस्यहरु राजकुमार पोखरेल , ओमकृष्ण बिमली, डिल्लीराम  सिटौला,  साँस्कृतिक  अभियन्ता मोहन बिक , साहित्यकार भगवति ढुंगेल ,मातृका संग्रौला ,  लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले गरेका थिए ।
  लोक तथा दोहोरी गीतको चर्चित कार्यक्रम इन्द्रेणी अबदेखि हिमालय टीभी एचडीमा ‘हिमालय इन्द्रेणी’का रुपमा हरेक दिन साँझ ६ बजेदेखि कार्यक्रम प्रसारण हुने बताइएको छ ।     

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १२ : ४५ बजे