१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विपन्न २० जनालाई निःशुल्क कम्प्युटर शिक्षा


१२ मंसिर २०७५, बुधबार  

0
Shares

4

बिर्तामोड १२, मंसीर /
वीरता जेसीज र बिर्तामोड एजुकशेन फाउण्डेशन (बीईएफ)को सहकार्यमा सञ्चालित विपन्न परिवारका २० जना विद्यार्थीलाई ६ महिने निःशुल्क कम्प्युटर कक्षाको बुधबार समापन भएको छ ।
वीरता जेसीजको सचिवालयमा आयोजित समारोहमा कम्प्युटर शिक्षा कक्षामा सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड एजुकेशन फाउण्डेशनका सञ्चालक तथा निर्देशक राज कार्कीले जेसीजसँग सहकार्य गरी विपन्न विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि कम्प्युटर शिक्षा प्रदान गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले आगामी दिनमा पनि सहकार्य र सहयोगका साथ अघि बढ्ने बताए ।
वीरता जेसीजका अध्यक्ष गिरीले दिगो विकासको लक्ष्य प्राप्तिमा टेवा पुर्याउन गुणस्तरीय शिक्षाका लागि निःशुल्क कम्प्युटर कक्षा सञ्चालन गरिएको बताए । प्रशिक्षार्थी मध्येबाट विवेक भण्डारीले कम्प्युटर शिक्षा प्रभावकारी भएको र आफ्नो जीवनका लागि उपयोगी हुने बताए ।
पत्रकार महासंघ झापा शाखाका सहसचिव केशव भट्टराईले वीरता जेसीजको रचनात्मक गतिविधिको प्रशंसा गर्दै कम्प्युटर शिक्षा लिएका विद्यार्थीलाई उक्त सिप आफ्नो जीवनमा उपयोग गर्न सुझाव दिए ।
कार्यक्रम संयोजक जेसीजका प्रकरण निर्देशक विशाल थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव विनोद पाण्डेले गरेका थिए । कार्यक्रममा आस्था वाचन जनसम्पर्क अधिकारी कुशल खतिवडा, जेसीआई मिसन, भिजन वाचन तथा नेपाल जेसीज र वीरता जेसीजको प्रकरण वाचन कोषाध्यक्ष जीवन खड्काले गरेका थिए ।
गत जेठ ३० गते झापा, इलाम र पाँचथरका २० जना विपन्न परिवारका विद्यार्थीका लागि निःशुल्क कम्प्युटर शिक्षा कक्षाको शुरुवात भएको थियो । विद्यार्थीले रोजेकै कोर्षहरुमा शिक्षा प्रदान गरिएको थियो । कम्प्युटरको आधारभूत कोर्ष, ग्राफिक्स डिजाइनिङ, एकाउन्टिङ प्याकेज, कप्म्युटर अपरेटर, हार्डवेयर एण्ड नेटवर्किङ सम्बन्धी कोर्षमा विद्यार्थीले शिक्षा लिएका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार  १० : ५९ बजे