२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

रक्तसञ्चार सेवाका लागि ५० लाख सहयोग


१५ पुस २०७३, शुक्रबार  

0
Shares

red cross
बिर्तामोड / स्वास्थ्य मन्त्रालयले बिर्तामोडस्थित रक्तसञ्चार सेवाका लागि ५० लाख मूल्यको रगत वर्गीकरण गर्ने कम्पोनेन्ट मेसिन प्रदान गर्ने भएको छ ।
मन्त्रीस्तरीय निर्णयबाट उक्त उपकरण रक्तसञ्चार सेवालाई प्रदान गर्नेबारे सम्झौता भइसकेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । सभापति ढकालका अनुसार पुसभित्रै उक्त मेसिन आइपुग्नेछ ।
यसैबीच स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले शुक्रबार बिर्तामोडस्थित रक्तसञ्चार सेवा भवनको निरिक्षण गर्नुका साथै मानिसको जीवनसँग जोडिएको रगत आपूर्तिको सेवालाई प्रभावकारी बनाउन जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कम्पोनेन्ट मेशीन चाडै पठाउने बताए ।
झापाको स्वास्थ्य सेवामा कुनै कञ्जुस्याई नगर्ने मन्त्रि गुरुङको भनाइ थियो ।
सांसद सुधिरकुमार शिवाकोटीले रेडक्रसको मानवीय सेवाको प्रशंसा गर्दै आफ्नो तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सांसद हरिबहादुर राजवंशीले चाहिएको बेला रगतको महत्व थाह हुने बताउँदै रगतको आपूर्तिले सबैखाले विभेद बिर्साएको पनि बताए ।
रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति ढकालले कम्पोनेन्ट मेसिन आएपछि बिर्तामोडबाट रगत आपूर्ति सहज र प्रभावकारी हुने बताए ।
रेडक्रसले बिर्तामोडसहित छ स्थानमा ब्लड बैंक सञ्चालनमा ल्याइ सेवा दिइरहेको रेडक्रस सोसाइटी बिर्तामोडका सचिव एकराज गिरीले जानकारी दिए ।
एक पोका रगतबाट आवश्यक तत्वको आधारमा चार जनासम्मलाई रगत आपूर्ति गर्न सकिने बताइएको छ ।
कम्पोनेन्ट मेसिनले रगतमा रहेको आरबीसी, डब्लुबीसी, प्लाज्मा, प्लेटलेट जस्ता तत्व छुट्याउने र जसलाई जुन तत्व आवश्यक छ त्यही मात्र दिन सकिने बताइएको छ ।
कार्यक्रमको सञ्चालन लम्बोदर पौडेलले गरेका थिए । उक्त अवसरमा जग्गादाता राजेन्द्र थापा, सल्लाहकारहहरु, विशिष्ठ सदस्यहरु, रेडक्रसका जिल्ला र विभिन्न उपशाखाका पदाधिकारी र सदस्यहरु, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको रेडक्रस बिर्तामोडका उपसभापति निर्मल भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १५ पुस २०७३, शुक्रबार  १० : ५० बजे