१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

महाभारा (हाल गौरीगञ्ज १ ) को चतरा गुठी संस्थान अन्तर्गत कायम रहेको जग्गाको मालपोत प्रतिकठ्ठा ८४ रूपैयाँ कायम



दमक/ झापाको तत्कालिन महाभारा (हाल गौरीगञ्ज १ ) को चतरा गुठी संस्थान अन्तर्गत कायम रहेको जग्गाको मालपोत राजश्व यो बर्षदेखि प्रतिकठठा ८४ रुपैयाँ कायम भएको छ ।
यसअघि २०७८/२०७९ मा मालपोत कार्यालय दमकले बुझ्दै आएको गुठी अन्तर्गतको जग्गाको मालपोत प्रतिकठठा १२५ रुपैयाँ रहेको थियो ।
मालपोत कार्यलय दमकका अनुसार यसअघि गुठीले प्रतिकठठामा असुल गर्नुपर्ने मालपोतको राजश्व प्रति रोपनी रु ८४ कायम गरेर पठाउँदा १२५ रुपैयाँ प्रतिकठठा पर्न गएको थियो ।
अहिले त्यसलाई सच्याएर चतरा गुठीले त्यहाँको मालपोत प्रतिकठठामा उल्लेख गरेर पठाएका कारण अब ८४ रुपैयाँ कायम हुन पुगेको हो ।
गुठीले असुल गर्नुपर्ने सो राजश्व असुलीमा मालपोत कार्यालय दमकले सहजीकरण मात्रै गरिदिने गरेको मालपोत कार्यालयको स्पष्टोक्ती छ ।
अघिल्लो २०७८/ ०७९ मा गुठी अन्तर्गतको सो ठाउँको जग्गाको मालपोत ७ लाख रुपैया असुल भएकोमा २०७९, ०८० मा १५ लाख रुपैयाँ असुल भएको मालपोत कार्यालय दमकले जनाएको छ ।
चतरा गुठी अन्तर्गत तत्कालिन महाभारा गाविस तथा हालको गौरीगञ्ज गाउँपालिका वडा नं १ मा कूल २ हजार २४ विगाहा ३ कठठा ७ धुर जग्गा रहेको गुठीले मालपोतलाई उपलब्ध गराएको अभिलेखमा उल्लेख छ ।
गुठी संस्थानबाट यहाँको मालपोत दर रेटमा रहेको त्रुटी सच्याउन नेकपा माओवादी केन्द्रका नेताहरुले ध्यानाकर्षण गराएका सो पार्टीका स्थानीय नेता तिलकप्रसाद राजवंशीले जानकारी दिए ।  सो सम्बन्धि व्यहोराको मालपोत कार्यालयलाई लेखिएको पत्र गुठी संस्थानबाट प्राप्त भएपछि ७ साउनदेखि नयाँ दरमा मालपोत राजश्व काटन थालिएको बताइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ११ : ३६ बजे